Skip to content


आज तिम्रो याद आयो त्यही नाउँ छ कि छैन
खोजी आएँ भने त्यहाँ बस्ने ठाउँ छ कि छैन ?

हुरीसितै उडेँ म त, अड्ने कहाँ कसरी म
उड्दाउड्दै खसेँ भनेँ अड्ने गाउँ छ कि छैन ?
पुरानै हो माया तिम्रो बिर्सिदियौ होला ऐले
ब्याज हुन्न पिरतीको बाँकी साउँ छ कि छैन ?

दिलभित्र तिमी तिमी तर तिमीभित्र को छ ?
मलाई नै भेट्यौ भने सँगै आउँ छ कि छैन ?
भोक लाग्दा सँगै खान्थ्यौं पीर पर्दा सँगै हुन्थ्यौं
सुखदुःख बाँडी सँगै बसी खाउँ छ कि छैन ?

साँचेको थेँ तिम्रा लागि सुनचाँदी हीरामोती
मेरो हातबाट दे’को हार लाउँ छ कि छैन ?
सम्झीराख्या मैले छु नि मेरो याद छ कि छैन
मेरोजस्तै चाहनामा ‘तिमी’ पाउँ छ कि छैन ?

मधुपर्क २०६८ पुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *