Skip to content

मलाई त्यागी तिमीले नि अब


मलाई त्यागी तिमीले नि अब,
सोह्र सिङगार लायौ होला ।
पक्कै पनि अब त तिमी
कसैकी पत्नी भयौ होला ।।१।।

रहर धेरै माया मनमा
पलेटी कसी मण्डवमा बस्दा,
उसैले ल्याएको त्यो सौभाग्य
तिम्रो खाली सिउँदोमा खस्दा ।।२।।

जुठो सगुन त्यतिबेला तिमीले,
चोखो मानी खायौं होला ।
पक्कै पनि अब त तिमी
कसैकी पत्नी भयौ होला ।।३।।

याद आयो कि नाई मेरो
अन्तिम पल्ट जगियामा बस्दा,
कमर समाई कसैले तिम्रो
लगनगाँठो तिमी संग कस्दा ।।४।।

सम्झी तिमीलाई रुदाँ म
लजाई हाँस्दै थियौं होला ।
पक्कै पनि अब त तिमी
कसैकी पत्नी भयौ होला ।।५।।

भन्ने गथ्यौं तिमी मलाई
जब तिम्रो घर भित्रन्छु ,
मनमा नयाँ उमङ्ग बोकी
जिवन यो तिमीलाई सुपन्छु ।।६।।

सातौं जुनीका वाचा हाम्रा
पराईसँग नि साट्यौं होला ।
पक्कै पनि अब त तिमी
कसैकी पत्नी भयौ होला ।।७।।

मलाई त्यागी तिमीले नि अब,
सोह्र सिङगार लायौं होला ।
पक्कै पनि अब त तिमी
कसैकी पत्नी भयौ होला ।

दपर्ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *