Skip to content

लक्ष्यण देखा परेछ , तिमीलाई मन पराउनु


एकान्तमा रमाउनु, सुन्यतामा हराउनु,
लक्ष्यण देखा परेछ, तिमीलाई मन पराउनु ।।

खालि ठाउँमा मनले, तिम्रै नाम लेख्न थाल्यो,,
जता हेर्यो यी आँखाले, तिमीलाई नै देख्न थाल्यो ।।
निदरीमा बर्बराउनु, सपनीमा कराउनु
लक्ष्यण देखा परेछ, तिमीलाई मन पराउनु ।।

तिम्रा सबै राम्रा बानी, तर हाँसो प्यारो भयो,,
तिम्रो त्यही हाँसो मलाई, सम्हाल्नलाई गारो भयो ।।
मनलाई काबु गराउनु, आफैँदेखि डराउनु,,
लक्ष्यण देखा परेछ, तिमीलाई मन पराउनु ।।

एकान्तमा रमाउनु, सुन्यतामा हराउनु,,
लक्ष्यण देखा परेछ, तिमीलाई मन पराउनु ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *