Skip to content

रानी!!
वरिपरी सुकी झरेका पातहरु छन्,बिचमा म छु| मलाई लाग्छ यी पात र म मा कुनै भिन्नता छैन |
तिमी हुँदाको क्षण चारै तिर रंग्गी चंग्गी फूल मग्मगाउने सबै मेरा मनका गमलाहरु टुक्रा टुक्रा भै भुइंमा छरिएका छन् | यी सबै म आफ्नै आँखाले हेर्नु सिबाय अरु केहि गर्न सक्दिन र गर्नुको अर्थ पनि छ जस्तो नि लाग्दैन | न त तिमीले नै सोंच्न सक्छ्यौ,न त मैले नै सोंचेको थिएँ,तिमी बिना मेरो संसार यति सारो उजाड हुन्छ भन्ने |आंधी पछिको सन्नाटा छाएको झैं छाएको छ यो जिबनमा | बाढीले खोलाको किनारमा छाडिएको मुढा झैं अचेत अवस्थामै तिमी संग बिताएका ति स्वर्णिम पलहरु मनमा खेलाउने गर्छु | तर…तर……सम्झिदैमा पनि ति पलले मुटुको भित्रि भाग नै छुने गरि घोचे झैं दुख्ने गर्छ | हरेक संग गोधुलिमा अस्ताउन लागेको सूर्य संगै आफुलाई पनि यो धर्ति बाट बिलिन बिलिन पार्न मन लाग्छ,ताकी यो धर्तीमा मेरो कुनै अब्सेस नरहोस् ताकी तिमीले कुनै दिन मलाई सम्झिन बाध्य नहोस | तर जिन्दगि कहाँ त्यति सजिलो रहेछ र ? आँखाबाट झरेको आँशु पुछेर पुछिनी..बालुवामा कोरिएका चित्र झैं मेटाएर मेट्नालाई| आजकल म कुनै मानबको गन्दा समेत सुघ्न मन लाग्दैन,हेर्न त परैको कुरा हो | सबै देख्छु मलाई नै गिज्याउदै छन् | त्यसैले साँच्चै भन्ने हो भने म ढुंगा…ढुंगा,माटोका थुप्रो र बसन्त ऋतुमा टुसौना नसकेका बोट बिरुवा संग बोल्ने गर्छु |गन्तब्य बिहिन बनेका हावाको इसारामा चल्ने,ति बादलका टुक्रा टुक्री संग बोल्ने गर्छु | हो!मलाई लाग्छ जिबनको अर्थ पनि यिनीहरुले नै बुझेका छन् |
तर रानी!!
यसो भनि रहंदा मैले तिमीलाई यो समाजका मानब संग तुलना गरेको होइन | र मलाई तिमी यौटा मानब जस्तो पनि लाग्दैन किन कि,तिमी यौटा मानबको रुप भित्र सक्क्षेत देवी हौ | त्यसैले त मा जस्तो संग प्रेम गर्थौ,मेरा हरेक दु:ख कस्ट र समस्यालाई हरण गर्थ्यौ | उसो त तिमीलाई पनि राम्री थाहा छ,म कुनै देवी देउता र धर्ममा विश्वास गर्दिन भन्ने कुरा| हो,म अझै पनि भन्छु यी देवी देउता भुत प्रेत सबै हामी जस्ता मानवले नै बनाएका हुन् | र हामी जस्ता मानबको नाममा दानाबहरुलाई सहि बाटोमा ल्याउन यी परम्परा बसालेका हुन् | तर तिमी त भगवान प्रति आश्था राख्ने मान्छे,मैले यसो भनि रहंदा पक्कै पनि मुटु दुख्यो होला र दुख्नु नि स्वाभाविक हो | तर यसको अर्थ यो नसोच्नु कि मैले तिम्रो आश्था र विश्वासलाइ अपमान गरें | हो भगवान प्रति आश्था र विश्वास राख्नु पर्छ,तर हामी कुना युगमा आइपुगेका छौं ? त्यसको नि राम्री ख्याल राख्नु पर्छ | यहाँ निर मैले नबुझेका कुरा सँधै खट्कि रहने गर्छ,यदि तिम्रो भगवान छ भने तिमी जस्तै..लाइ जिम्दै कसैले जलाई रहंदा किन त मुक्दर्सक बन्छ ? किन त तिमी जस्तै प्राणीलाई भगवानको नाममा बलि दिइबस्दा पत्थरको मुर्ति नै बन्छ? के भगवान पनि जात,धर्म र बर्गे पिच्छी फरक फरक हुन्छ? हो मलाई यही निर अच्चम्म लाग्ने गर्छ……………….

राजेश रुम्बा लामा “अतृप्त”
(

Leave a Reply

Your email address will not be published. Required fields are marked *