Skip to content

द्वन्द्वमा पिल्सिएका बुबा–आमा


चिसो सिरेटो मनमोजि ढङ्गले बहकिरहेको छ । पीडादायी हुस्सुले बोटविरुवामा उम्रिएका पातहरु पनि सखाप पारेको छ जसले गर्दा बिरुवाहरु नाङ्गिएका छन् । ती नाङ्गा विरुवाहरु भयभित मुद्रामा एक अर्कालाई ट्वाल्ल परेर हेर्नु सिवाय के नै पो गर्न सक्छन् र ? आफ्नो विभत्सरुपलाई देखाउन वाध्य ती ढिङ्रिङ्ग उभिएका बोटविरुवाहरु भिरालो रुखो जमिनमा दिक्दार मानेर विरक्तिएका छन् । निर्जन लाग्ने यस पहाडी भेगको घुमाउरो घुम्तीहरु बाकेक सडकमा फाट्टफुट्ट उभिएका ढुङ्गा र माटाले बनेका घरहरु शिशीरको लगातारको तुषारापातले धुरु–धुरु रुँदै तपतपाइरहेका छन् ।

तल फेदीमा कोलाहल मच्चाउँदै अन्धाधुन्द झोक्का हानिरहेको सेती नदी उदास गीत सुसेल्दै गाइरहन्छ । त्यही नदीको किनारमानै गोरेको परिवार एउटा झुपडीमा आश्रय लिइरहेको छ । उनीहरुको परिवार आफ्नो वारीको अत्रले मुस्किलले १ वर्षको २ महिना पालिन्छ । बाँकी महिना ज्यालादारी काम गरेर गोरे र उसकी पत्नी बाटुलीले सन्तानलाई हुर्काइरहेका छन् । बालकैमा टुहुरो भएपछि उसकी दिदीले यही झुपडीमा गारेलाई हुर्काएकी हो । साँवा अक्षर पनि छिचोल्न नपाएको गारेले आफ्ना सन्तानलाई भने विद्यालय पठाएको छ । १ छोरा र १ छोरीको बाबु गोरे आफ्ना सन्तानलाई भने जतिसुकै हण्डर खाएर भएपनि शिक्षित बनाउन चाहन्छ ।

गोरे र बाटुली सन्तानको खुशीका लागि साहूको काममा मेशिनझैं पेलिँदा पनि दुःखको गुनासोको गन्घ अलिकति पनि फैलिन दिँदैनन् । सन्तानले पढेर भविष्यमा सुखसाथ जीवन विताउने छन् भत्रे कुरामा विश्वास लिएका यी जोडीको शरीर जाडोले थर्थर काँपिरहेको छ । न त खुट्टाले जुत्ता–चप्पल देख्न पाउँछ । दिनभर ढुङ्गा , बालुवा र सिमेन्ट बोक्दा–बोक्दा बाटुलीको निधारमा नाम्लाको डाम कहिल्यै नमेटिने गरी बसेको छ । उसका आँखा वरिपरि अभावको तनावले गर्दा उमेरै नपुगी बुढ्यौलीको सङ्केत देखिन थालेको छ । सिरेटो आएर उसको त्यो शक्तिहीन अनुहारमा ठोक्कीँदा भोक र चिसोको सन्तापमा दाँतहरु बजिरहेका छन् । दिउँसोको खाजा खाने पैसा बचाएर उसले छोरा–छोरीलाई कापी–कलम कित्रका लागि भएपनि पैसा जम्मा गरिदिन्छे । आपूmले राम्रो लुगा लगाउन नपाएपनि छोरा–छोरीलाई अरुका अगाडि नराम्रो बनाएर हिँडाउन उसको मनले दिँदैन त्यसैले ऊ आपूm सकिनसकी काममा पेलिन्छे । लोग्ने गोरे पनि तिनै सन्तानको खुशीका लागि हरदिन खटिरहेको छ ।

उनीहरुको दिनचर्या बडो कष्टपूर्ण रुपमा वितिरहेपनि सन्तानको अनुहार हेरेर सुन्दर भविष्यको कल्पनामा डुब्दा ती दुबै दम्पतीको आँखामा आशा र विश्वासको उज्यालो ज्योति चम्किरहेको हुन्थ्यो ।

छोराछोरी पनि बुबा–आमाको हरेक दुःखपूर्ण कष्टकर दिनचर्यालाई नियालेर टुलुटुलु मात्र हेर्दैनथे । हरेक कुरालाई गम्भिरतापूर्वक लिन्थे । त्यसैले उनीहरु दुःख र दुर्भाग्य र उदासीपूर्ण कोलाहलको अन्त्य कसरी गर्न सकिन्छ होला भनेर आफू–आफूमा छलफल गर्ने गर्थे । पढाइमा पनि निक्कै तेज ती दाजुबहिनी निर्धन आफ्नो झुप्रोमा मात्र सिमीत रहेर होइन सधैं अपहेलित वर्गको कसरी भलाइ गर्न सकिन्छ भनेर फुर्सदको समय तिरस्किृत र उपेक्षित वर्गलाई समेट्छन् । समाजमा जरा गाडेर बसेको विभेदपूर्ण आर्थिक , सामाजिक , धार्मिक असमानताले गहिरेको खाडललाई पुर्नुपर्छ भन्दै विद्रोही स्वरहरुलाई उराल्दै एकजुट बनाउँदै अघि बढ्छन् । यस कुराले उनीहरु गाउँका भद्र मानिने बुद्धिजीवी वर्ग भनाउँदा हुनेखाने हरुको लागि सधैं आँखाको कसिङ्गर नै बनेका थिए । बिद्रोही झिल्का समान बन्दै गएका ती दाजुबहिनीको हृदयमा धनाढ्यहरुको विलासितापूर्ण जीवनले द्वेष र घृणा जन्माउँथ्यो । आफ्ना बा–आमा सधैं मेशिनझैं काममा पेलिनु पर्दा पनि दुईछाक राम्रोसँग खान नपाउने अवस्था र शरीर ढाक्ने न्यानो कपडाको सधैं अभावका कारण सधैं प्रकृतिको कठोरतापूर्ण तुषारोसँग पनि पौंठेजोरी खेल्दै साहूमहाजनको दास बत्रुपर्ने अवस्थालाई नियालिरहेका ती भर्खर किशोर अवस्थाको संघारमा पाइला टेक्दै गरेका दाजुबहिनी भित्र–भित्र मर्माहत बत्र पुग्छन् ।

गाउँमा गरीब दुःखीहरु एकघण्टा पनि आराम नगरी काममा जाडो गर्मीको परवाह नगरी खटिनुपर्ने तर श्रम बराबरको मूल्य चुकाउन नसक्दा ती गरीब मजदूरहरुको परिवार सधैं बिचल्लीमा परेको देख्दा ती दाजुबहिनीले गरीबको जीवन निरसता र चिन्ताले भरिएको देखेर मन सधैं क्रुरताको शासनको अन्त्य गर्नुपर्छ भत्रे कुरामा उत्साहित हुन्थे र जसरी भएपनि एकदिन यस विभेदपूर्ण क्रुर शासनको अन्त्य गरेरै छाड्ने प्रण गरेर ती दाजुबहिनी अघि बढे । उनीहरुले गरीववर्गको हक हितका लागि आफू जस्ताहरुलाई समेट्दै बिद्रोही शिक्षा दिँदै क्रान्तिको बिगुल फुके ।

शक्तिशाली र अत्याचारीहरुलाई समाजमा घुँडा टेकाउनका लागि उनीहरुले भूमिगत जीवन विताउनु पर्ने भयो । उनीहरुको जमात क्रुर शासकले दमन गर्न नसक्ने गरी एक सूत्रमा संगठित भयो जसले गर्दा गाउँ शहर हुँदै देशभरका अत्याचारीहरु बिद्रोहीहरुको शक्तिलाई देखेर डराएर किंकर्तव्यमूढ भए । शताब्दीयौंदेखि जड बनेर बसेको क्रुर तानाशाहीहरुले पनि सत्ताबाट हात धुनुपर्ने स्थिति आयो र अन्त्यमा जनताको हातमा सत्ता आयो । तर पनि गोरे र बाटुलीको जीवनका अझसम्म कुनै परिवर्तन छैन ।

छोराछोरीले आमाबाबुलाई हामी देशमा हामी जस्ताको हक हितका लागि लड्न जाँदैछौं भनी बिदा माग्दा उनीहरुले खुशीसाथ बिदा गरेका थिए तर आफ्ना छोराछोरी अझसम्म पनि घर नफर्कदा उनीहरुको बुढ्यौलीले चाउरी परेको अनुहारमा कहिल्यै खुशी नाँच्न पाएन । छोराछोरीको पर्खाइमा यी बृद्ध दम्पत्तीको आँखाले सधैं तिनै आफ्ना आँखाका नानीहरुलाई खोजिरहेका हुन्छन् । गरीवीको अभावले कुप्रो परेको शरीरलाई तिनै छोराछोरीको आगमनको आशा लिएर बाँचिरहेको छ । बेचैनीले भरिएको नीरस अस्तित्वको कोलाहलपूर्ण जीवन जिउन बाध्य यी दम्पतीलाई आफ्ना सन्तानले देशमा क्रान्ति ल्याएर जनताको हातमा शासन जिम्मा लगाएको छ भत्रे कुरा सुनाएर प्राण त्याग गर्न पनि दिइएको छैन किनकी उनीहरुको सन्तानको आजसम्म कुनै अत्तोपत्तो छैन । न त जिउँदोनै छन् भनेर बताउन सक्छ न त लाशनै देखाउन सक्छ । यसरी बेपत्ता पारिएका यी दाजुबहिनीहरुको वलिदानीलाई खुलेर प्रशंसा गर्न असमर्थ छ सरकार पनि ।

सन्तानको खुशीका लागि हरबखत रगत र पसिना बगाउने गोरे र बाटुलीको जीवनमा कुनै परिवर्तननै आउन पाएन । उनीहरुको जीवनमा बिडम्बनापूर्ण कुरुप नियती लम्पसार परेर मुस्कुराइरहेछ । सन्तानको रिक्तताले कलेटी परेका ओठहरुमा मीठो मुस्कान कहिल्यै आउन सकेन । देशका लागि वीर सपूत जन्माउने बाटुली र गोरेलाई सत्य कुरा बताएर बलिदानी सन्तान जन्माउन सकेको गर्वले शीर ठाडो गरेर उभ्याउने सामथ्र्य पनि दिन सकिएको छैन । देशमा आफूजस्ताको हकहितका लागि लड्छौं भनेर बिदा भएका छोराछोरीले देशमा के कस्तो प्रगती गरेका छन् भत्रे कुरासम्म थाहा नपाई चिप्राले ढाँकेका आँखाबाट धरधरी आँसु बगाउँदै छोराछोरीको पर्खाइमा बाँचिरहेका छन् ।

टीका खरेल सुवेदी
कुलेश्वर , काठमाण्डौ
[email protected]

1 thought on “द्वन्द्वमा पिल्सिएका बुबा–आमा”

  1. आमाबुबाकोनै सबैभन्दा बढी हात
    देशमा क्रान्ति ल्याउनमा छोराछोरीहरु होमिएता पनि आमाबुबाकोनै सबैभन्दा बढी हात हुन्छ भत्रेकुरा स्पष्ट झल्काइदिनु भएकोमा कथाकार टीकाजीलाई धेरै–धेरै धन्यवाद ।
    अझैपनि यस्ता आमा–बुबाहरु थुप्रै छन् । नेताको त दिन बदलियो तर गरीब आमा–बुबाको दिन आज पनि अँध्यारै छ ।
    ======बिजु सुवेदी “विजय”========

Leave a Reply

Your email address will not be published. Required fields are marked *