Skip to content

हेपी भ्यालेन्टाइन डे

  • by


अंग्रेजहरू मनाउँछन् अँगालोमा बेरेर,
इण्डियनहरू मनाउँछन् झ्यालबाट हेरेर,
नेपालीहरू मनाउँछन् कागजमा केरेर
आज के रहेछ पर्व भनन न साथी हेई,
सबैको मान्यता हेपी भ्यालेन्टाइन डेई ।

पोहोरकी प्रेमीका आज अर्कैसँग मस्त,
घरकी श्रीमती फोन गर्दा गर्दै व्यस्त,
पराइकी श्रीमती घरबाटै हिजै अस्त,
आज के रहेछ पर्व भनन न साथी हेई,
सबैको मान्यता हेपी भ्यालेन्टाइन डेई ।

रोजेको फुल उनलाई मन नपर्ने,
रोजेको होटलमा गनगन मात्रै गर्ने,
पार्कमा बस्ता प्रहरी दाइले खेदो गर्ने,
आज के रहेछ पर्व भनन न साथी हेई,
सबैको मान्यता हेपी भ्यालेन्टाइन डेई ।

राति फोन आयो १२ बजे प्रियको,
मैले गर्दा मोवाइल बिजी छ प्रियको,
अर्कै सित फोन गर्दा वेवास्ता भो प्रियको,
आज के रहेछ पर्व भनन न साथी हेई,
सबैको मानयता हेपी भ्यालेन्टाइन डेई ।

सुरज गिरी
नवलपरासी

Leave a Reply

Your email address will not be published. Required fields are marked *