Skip to content

सागर हुन् तिम्रो नयन मोति नझार्नु प्रिय

सपना फुल्ने ति नयनमा आँशु नपार्नु प्रिय
सागर हुन् तिम्रो नयन मोति नझार्नु प्रिय

साँच्नु बरु धेरै रहर सारा जगत हेर्छु भनि
काँडेयुगलाई बदलेर फूलको भेषमा फेर्छु भनि
दरो बनाउ इच्छ्या शक्ति कहिल्यै नहार्नु प्रिय
सागर हुन् तिम्रो नयन मोति नझार्नु प्रिय

जहाँ इक्छ्या त्यहीं उपाय यदि तिमीले चायो भने
बन्नु पर्छ बतास तिमी मनमा बादल छायो भने
गर्दा सबै पुरा हुन्छ चाह नमार्नु प्रिया
सागर हुन् तिम्रो नयन मोति नझार्नु प्रिय

सपना फुल्ने ति नयनमा आँशु नपार्नु प्रिय
सागर हुन् तिम्रो नयन मोति नझार्नु प्रिय

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *