Skip to content

तिमी म तिरै सर हैं ।


कोरा कागजमा कोरी कलमले
मेरै नाम भर हैं,
कुँदी मेरो तस्बिर मनमा
तिमी मतिरै सर हैं ।।१।।

वैरी आई तोड्न खोजे
माया झनझन बढदै जाओस,
अटुट बनी बन्धन हाम्रो
एक अर्काको मनमा छाओस ।।२।।

काँचो तिम्रो मन त्यतिबेला
पकाई पक्का पार हैं,
कुँदी मेरो तस्बिर मनमा
तिमी मतिरै सर हैं ।।३।।

मर्ने बेलामा तुलसी समाई
सबैले आखिर साँचो बोल्छन्
मनमा कुनै खोट नराखी
सत्य कुरा बाहिर ओकल्छन् ।।४।।

जन्मैं जन्म सातौं जन्म
यसरी नै माया गर हैं
कुँदी मेरो तस्बिर मनमा
तिमी मतिरै सर हैं ।।५।।

अमर हुन्नन् कोही यहाँ
एकदिन संसार छोड्नु छ,
नासी गए पनि देह,
आत्माले आत्मा जोड्नु छ ।।६।।

तब नछोडी एकपल मलाई
संगै स्वर्ग तार हैं,
कुँदी मेरो तस्बिर मनमा
तिमी मतिरै सर हैं ।।७।।

कोरा कागजमा कोरी कलमले
मेरै नाम भर हैं,
कुँदी मेरो तस्बिर मनमा
तिमी मतिरै सर हैं ।।

दपर्ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *