Skip to content

यस्तो लाग्यो तिमीले मलाई, अकालैमा मर भन्यौ


जब तिमीले मलाई छोडी, अर्कैतिर सर भन्यौ
यस्तो लाग्यो तिमीले मलाई, अकालैमा मर भन्यौ ।।

सानो-तिनो कुराहरूमा, तिमी सँधैंनै न्यूउँ खोज्थ्यौ
तिम्रो सामु म थिएँ सँधैं, तर पनि तिमी अरु रोज्थ्यौ ।।
मेरो आश नगरी कन, अर्कैको भर ! पर भन्यौ
यस्तो लाग्यो तिमीले मलाई, अकालैमा मर भन्यौ ।।

मेरै हुनुपर्छ भनिन मैले, भनेथेँ केवल माया गर
मैले त आखिर माया मागेथेँ, के सोच्यौ तिमीले जानिन तर !!
नजरमा त बास पाएथेँ तिम्रो, त्याँ बाटनी झर भन्यौ
यस्तो लाग्यो तिमीले मलाई, अकालैमा मर भन्यौ ।।

जब तिमीले मलाई छोडी, अर्कै तिर सर भन्यौ
यस्तो लाग्यो तिमीले मलाई, अकालैमा मर भन्यौ ।।

पुस्कल पौडेल (—प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *