Skip to content

दुःखै दुःखको छाहारी पाएछु


माया माया भन्दा भन्दै
मायाको खेलमा मात खाएछु,
सुख मैले खोज्दा खोज्दै
दुःखै दुःखको छाहारी पाएछु ।।१।।

सातौ दिनमा लकीर खिच्दा
भावीले यहिँ सम्म खिचेछ,
हुनुपर्ने एक थियो हामी
भावीले त्यो नियम नि मिचेछ ।।२।।

मनमा भएको माया साट्दा
तिमीबाट म पो टाढा भएछु,
सुख मैले खोज्दा खोज्दै
दुःखै दुःखको छाहारी पाएछु ।।३।।

मायाको परिभाषा तिमीले भन्दा
सायद कम बुझेँ होला,
पागल सरी तिम्रो मायामा
कति दिन म रुझेँ होला ।।४।।

तिमी तिमी भन्दा भन्दै
थाहै नपाई तिमीलाई गुमाएछु,
सुख मैले खोज्दा खोज्दै
दुःखै दुःखको छाहारी पाएछु ।।५।।

माया माया भन्दा भन्दै
मायाको खेलमा मात खाएछु,
सुख मैले खोज्दा खोज्दै
दुःखै दुःखको छाहारी पाएछु ।

दपर्ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *