Skip to content


आँखाको नानीमा तिमी
आकासको जूनमा तिमी
लाखौँ ताराहरूमा तिमी
मुटुको स्पन्दनमा तिमी ।

हरेक शुभप्रभातमा तिमी
ढल्कँदो साँझमा तिमी
मेरो सपनाको राजकुमार
जीवनको यात्रामा तिमी ।

अधरको मुस्कानमा तिमी
नजरको दृश्यमा तिमी
आँखाको गाजलमा तिमी
ओठको लालीमा तिमी ।

आँसुको मोतीमा तिमी
मीठो यी निद्रामा तिमी
श्वास-प्रश्वासमा तिमी
मेरा अङ्गअङ्गमा तिमी
मभित्र अब तिमी नै तिमी ।

मधुपर्क २०६८ माघ

Leave a Reply

Your email address will not be published. Required fields are marked *