Skip to content

मेरो राज्य कहाँ छ ?

  • by


सबैले राज्य पाउने भए रे,
आफ्नो सुर आर्फै गर्ने भए रे,
ठूलो बुबा मगरातमा परे रे,
मेरो दाजु अवधमा छन् रे ।
सबैको आ–आफ्नै
राज्यको झाँकी छ ।
मेरो राज्य कहाँ छ,
खोज्न बाँकी छ ।

हिंजो हराएको भैंसी
भोजपुरा राज्यमा पुगेछ,
बाख्रो खोरबाट भागेर
लिम्बुवान राज्यमा पुगेछ,
राज्य विभाजनले सबै
अलमल अलपत्र परियो,
पानीको मुहान अर्कैको परेछ
अब पिउन नपाएर मरियो ।
सबैको आ–आफ्नै
राज्यको झाँकी छ,
मेरो राज्य कहाँ पर्यो
खोज्न बाँकी छ ।

प्रेमीका थिइन् कता परिन्
आमाको माइत कता पर्यो,
शिवालय मन्दिर थियो पुजा गर्ने
थारुवान हो की मैथिलीमा पर्यो ।
कहीं कसैको संस्कृति मिलेन रे
झगडा र भागाभाग हुन्छ रे
सबैको आ–आफ्नै
राज्यको झाँकी छ,
मेरो राज्य कहाँ पर्यो
खोज्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *