Skip to content

टुटाई गएनी बन्धन सारा

तिमी आऊने आशमा मैले
सपना मनमै साँची रहेँ,
टुटाई गएनी बन्धन सारा
तिम्रै यादमा बाँची रहेँ ।।१।।

गर्विलो मन लिई सधैं
गिता समाई तिमी नै मागेथेँ
जुगजुग बित्ने माया लाउँछु
चोखो होला आत्मा ठानेथेँ ।।२।।

तिमीले दिएका दुःख पिडा
दबाई मनमै हाँसी रहेँ,
आउँछौकी भनी फर्की तिमी
पिरतीको माला गाँसी रहेँ ।।३।।

र्बकतले आफनो भ्याए सम्म
दुःख गरेँ तिमीलाई पाऊन,
बिचरा भनी छाडी गयौं
सकिन मनमा डेरा जमाऊन ।।४।।

त्यो प्रेमको कल्पना गरि
कथा मनमै रची रहेँ,
कति गर्दि रैछौं माया
भनी मनले नै जाँची रहेँ ।।५।।

पवित्र हुन गहँत खाई
कात्रो मलाई दिई गयौं
गोत्र छानी आफैं तिमीले
काठमहल की रानी भयौं ।।६।।

मृगतृष्ण थियो अनगिन्ती
दुखाई मन भाँची रहेँ,
भ्रमित भई तिम्रो मायामा
पागल बनी नाँची रहेँ ।।७।।

तिमी आऊने आशमा मैले
सपना मनमै साँची रहेँ,
टुटाई गएनी बन्धन सारा
तिम्रै यादमा बाँची रहेँ…………दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *