Skip to content

दुश्मनका अगाडि झुक्दैनन् स्वाभिमानी युवाहरु


दुश्मनका अगाडि कहिल्यै झुक्दैनन् स्वाभिमानी युवाहरू
समुद्रको छाल जस्तै कहिल्यै सुक्दैनन् स्वाभिमानी युवाहरू

महान सहिदहरूको अधुरो सपना पुरा गर्न
बलिदान दिनु परे कहिल्यै चुक्दैनन् स्वाभिमानी युवाहरू

जनमुक्तिको लागि लालझन्डा फहराउंदै
क्रान्तिको अबिरल यात्रामा कहिल्यै रुक्दैनन् स्वाभिमानी युवाहरू

खस्किदो देशको स्वभिमानलाइ जोगाइराखन
सङ्घर्षको मैदानमा कहिल्यै लुक्दैनन् स्वाभिमानी युवाहरू

क्रान्तिमा जनताको पूर्ण जीत नभएसम्म
सगरमाथा जस्तै कहिल्यै नुघ्दैनन् स्वाभिमानी युवाहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *