Skip to content


हरियो वन नेपालको धन प्राकृतिक उपहार
कस्तुरी मृग डांफे र मुनाल यसको श्रृंगार
आऊ हामी संरक्षण गरौं यसको
उच्च शिखर स्वच्छ हिमाल देशको गौरव
सुन्दर शान्त विशाल नेपाल पुर्खाको पौरख
आऊ हामी विकास गरौं यसको
लेक र बेसी, तराई, पहाड देशको मुहार
खोला र नाला, झरना र छाँगा यसको जीवन
आऊ हामी संरक्षण गरौं यसको
चार जात छत्तिस वर्ण यसको सन्तति
देशको निम्ती रगत दिने यसको सन्तति
आऊ हामी सुरक्षा गरौं देशको
मन्दिर, मस्जिद, गिर्जा र गुम्बा पवित्र देवालय
सत्य निष्ठा बनी मानवको उच्च न्यायालय
आऊ हामी संरक्षण गरौं यसको ।

साभारः हिमस्मृती २०५५

1 thought on “आऊ हामी संरक्षण गरौं”

Leave a Reply

Your email address will not be published. Required fields are marked *