Skip to content


तराईको ठूलो चाड, फागु आइसकेको थियो – क्यालेण्डर अनुसार !

तर कतै पनि फागुको चहक, चमक, चहलपहल, मोज मस्ती क्यै देखिंदैन । फागु पूर्णिमाको केही दिन अघि सडकमा एक्लै हिंड्दा म यस्तै सोचमा डुबेको थिएँ।

भन्ठानें, हाम्रो जीवन किन यस्तो नीरस भएको ! रसरंग छैन, कि फागु खेल्न हामीसंग ढङ्ग छैन ! यी ठूला ठूला भवनमा बस्नेहरू कसरी हृदयहीन भए < कसरी मान्ने वसन्त ऋतु आयो < कसरी जान्ने प्रकृतिमा वासन्ती रंग छायो < यसरी म न्यास्रो मानेर फागु-होली-वसन्तको खोजी गर्दै थिएँ । यत्तिकैमा फोहर मैलो लुगा लाएको, पुड्के पुड्के केटो थोत्रो बोरा लिएर मुसुमुसु हाँस्दै, मस्तीमा गीत गाएर हिंडिरहेको देखें । उसको मस्ती, निश्छल गीत कस्तो रमाइलो थियो भने त्यस गीतमा बुझिने तीन शब्द मात्र थिए :– फगुआ, रंग र भौजी ! ती तीन शब्दले मात्रै तीन सय मिटर परसम्म घर घरमा बसेर चिया खाइरहेका पुरुषहरू, झ्याल र ढोकाबाट चियाइरहेकी नवयुवती र भूतपूर्व युवतीहरू, पसलमा बसेकी थसुल्ली साउनी - सबैलाई मस्त बनाइदिए । सबैले मधुर मुस्कानका साथ मनमनै स्वीकारे - फागु आएछ ! मेरो बदमाश मनले मसंग सोध्यो - आनन्दित हुनका लागि के चैं चाहिंदोरैछ त !

Leave a Reply

Your email address will not be published. Required fields are marked *