Skip to content

गाउँको विकास (लघु कथा )

  • by
LilaRijal


सुगमपुर गाउमा आज निकै चहल पहल छ । केही दिन अगाडिदेखि नै पर्टीका कार्यकर्ताहरूलाई मान्छे भेला गर्न भनेर खटाइएको थियो । सकेसम्म सहभगिता बढी जुटाउन भनेर प्रचार प्रसार गर्न कम्ती कसरत गर्नु परेको थिएन ।

मेहनताको फल मिठो हुन्छ भन्छन नि ! जे होस् आज थुप्रै मान्छे भेला भएका देखिन्छन । मंच रङ्गीचङ्गी तुलले बेहुली सिँगारिएझै सजिएको छ । कार्यकर्ता निकै मख्ख देखिन्छन ।

सबैको पर्खाइ प्रमुख अतिथि कति खेर आउछन भनेर निकै उत्साहित देखिन्थे । हुन पनि किन नहोस् तेत्रो पैसा खर्च गरेर ल्याइएको थियो । फेरि साहभागीलाई पनि त एकदिन भए पनि कामबाट बल्ल निस्कन पाएको । फेरि १ दिनको भत्ता पनि, गाडी घरसम्म पुर्याइदिने, खान नि पाइने सर्तमा साँच्चै दशैँ नै आएको थियो सहभागीका निम्ति त्यो दिन ।

यत्तिका बर्ष भूमिगत भएर बहिर निस्कनु भएको ठुलो विद्वान नेतालाई हेर्न पाइने अनि भाषण सुन्न पाइने ठुलो आसामा पर्खिरहेका देखिन्थे ।

निकै बेरको पर्खाइपछि नभन्दै प्रमुख अतिथिको आगमन भयो । फूल माला अबिरले भब्य स्वागत पनि गरियो । सहभागी हुन पाउँदा कोही कोही त अाफूलाई निकै भाग्यमानी सम्झदै थिए ।

निर्धारित समय अनुसार समयमै कार्यक्रम संचालकले कार्यक्रम सुरु गरे सबैले आ-आफ्नो बिचार राखे । गाउँ बिकास समितिका तर्फबाट पनि केन्द्रबाट आएका सबैले आ आफ्नो अनि आफ्नो पर्टिको तर्फबाट बिचार राखे गाउँको बिकासका निम्ति कसरी लागि पर्ने भन्ने बिषयमा निकै ठुला ठुला भाषण भए छलफल भए । तत् पश्चात अन्त्यमा उद्घोषकले कार्यक्रमको अन्तिम वक्ता प्रमुख अतिथिलाई आफ्नो अनि आगामी पर्टीको कार्यनीति बारे प्रस्ट राखी कार्यक्रमको समापन समेत् गरिदिन हुन आग्रह गर्दै बिदा लिए ।

प्रमुख अतिथि को पालो आयो उनी यसरी कुरा राख्दै थिए- “आदराणीय जनसमुदायहरू मैले भन्नु पर्ने सबै कुराहरू पूर्ववक्ता साथीहरूले राखी हाल्नु भो । बाँकी अबपछि आउने साथीहरूले राख्नु हुनेछ । हवस त म यहाँहरूबाट बिदा हुन चाहन्छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *