Skip to content


गुलाफ चुम्ने रहरहरू पलाँसले गयो
यति राम्रो लोर्के जोवन दाउरा घाँसले गयो

जता हेर्छु अन्धकार छ बिहानी त हुने कहिले
दुःखपछि सुख पाउने आसै आसले गयो

प्रकृतिमा शिशिर पछि बसन्त नि आउँछ भन्थे
तर मेरो जीन्दगी यो एकै मासले गयो

जीन्दगीको भोगाईमा धेरै मोड आउँछ भन्थे
तर मेरो दुखी जीवन एकै नासले गायो

गर्वसाथ सबै सामु शिर ठाडो गर्छु भन्थें
तर मेरो अस्तित्व यो एकै बासले गयो

सुख हुँदा सबै भन्थे साथ दिन्छु तिम्लाई
मानवताको नाता सबै ज्यूँदो लासले गयो ।

2 thoughts on “गुलाफ चुम्ने रहरहरू”

  1. लक्की तारा g,kalpanik vanda

    लक्की तारा g,kalpanik vanda yathartha lag6n hajuraka racahanaharu………………

    yo ser sapti lie .
    सुख हुँदा सबै भन्थे साथ दिन्छु तिम्लाई
    मानवताको नाता सबै ज्यूँदो लासले गयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *