सधै तिम्रो सम्झना आउँछ
सम्झनाले अतिनै सताउँछ
फोटो हेरेर
मनका इच्छा मनैमा सान्नानी
बस्छु सरेर ।
तिमी उता मेला पात गएको
सम्झन्छु म बिदामा रोएको
फोटो हेरेर
मनका इच्छा मनैमा सान्नानी
बस्छु सरेर ।
सल्लेरीको बर पिपल मुन्तिर
आउँछ मनमा झल्झली तस्बिर
फोटो हेरेर
मनका इच्छा मनैमा सान्नानी
बस्छु सरेर ।
घाँस, दाउरा,मेलापात साथमा
रातो चुरी मायाका हातमा
फोटो हेरेर
मनका इच्छा मनैमा सान्नानी
बस्छु सरेर ।
तिम्रो उता जे हाल छ घरदेशमा
मेरो पनि उही हाल छ परदेशमा
फोटो हेरेर
मनका इच्छा मनैमा सान्नानी
बस्छु सरेर ।
तिमी रुँदा फोनमा कहिलेकाहीँ
झर्छ आशुँ आफैले थाहा नपाई
फोटो हेरेर
मनका इच्छा मनैमा सान्नानी
बस्छु सरेर ।
तिमी उता पालीमा छिरेर
रुन्छौ अरे तस्बिर हेरेर
फोटो हेरेर
मनका इच्छा मनैमा सान्नानी
बस्छु सरेर ।
तिर्थ”यात्री”पौडेल
हाल-बहराइन ।