Skip to content

तिम्रो यादमा भुलिसकेँ

  • by


तिम्रो यादमा भुलिसकेँ सब संसारलाई आज
पागल सारी भई रहेछु छैन काम काज !
ऐना हेर्दा आफैलाई लाग्छ धेरै लाज
कसरी पो मुख देखाऊँ दुनियाको माझ !

टाढा हुनु थियो भने भयौ नजिक किन
धोका दिनु थियो भने माया दियौ किन !
पारिहालौ तिम्ले मलाई तिम्रो माया जालमा
खाई राख माछा सम्झी लगाएर थालमा !

छुटाई देऊ तिमी मलाई तिम्रो माया जालबाट
टुटाई देऊ सिसा जस्तो हाम्रो साइनो आजबाट !
परेलीको मूल बनी बगी आएको खोला पनि
तिम्ले चाहे रोक्न सक्छौ काध हाली बाध बनी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *