Skip to content


पूज्यौं सबले सर्बप्रथम् आफ्नै महातारी
त्यसपछि शिवशक्ति, हैन धनुष्धारी

समाजमा अनेकता मानिसको थर
थरमा नै विलीन ती महान् हुन्छन् नारी

पार्वतीको मुस्कानमा शंकरको मद
रमण हो शंकरको श्लेष्मान्तक घारी

शंख चक्र गदा पद्म साथै विष्णुरमा
सम्यक् शैय्यामा छन् लक्ष्मी आज्ञाकारी

पूजा गर्छौ तल्लिन भै शीलालाई हामी
शीलाभन्दा पूज्य हुन्छन् शुद्ध ब्रह्मचारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *