तिम्रै निम्ति मर्छु भन्ने बसाइ सारेपछि
मरेतुल्य भएकी छु म घात गरेपछि ।
तिमी बिना बाँच्दिन म भन्थे फकाउदा
नामो निशान छैन केही सारा हरेपछि ।
यौवन लुटे, बैंस लुटे, चुसे सारा रस
अघाएछ्न यो मनको बाग चरेपछि ।
बिटुलो भए कसो गरी पार आउने जीवन
किन हुर्मत लियौ पापी सिउँदो भरेपछि ।
उपभोग कै बस्तु किन ठान्छन हामीलाई
बिर्सिएछौ लौरो स्वार्थि खोलो तरेपछि ।
तिर्थ”यात्री”पौडेल