Skip to content

रूँदा रूँदै दिन हुन्छ रूँदै राति हुन्छ

  • by
SuryaChemjong-02


रूँदा रूँदै दिन हुन्छ रूँदै राति हुन्छ
मन त ढ़ुंगा कै भएदेखि जाती हुन्छ

जति सुकै आँधी हुरी वतास नै चलोस्
न त काँच सरी टुक्रा टुक्रा छाती हुन्छ

जादैछौ तस्वीर तिम्रो साथ लैजाऊ यो
राखें भने सम्झना मुटुमा थाँती हुन्छ

बिना अर्थ धरतीमा जून खोज्दै हिड़े
यथार्थ ऊ सधैं आकाशको माथि हुन्छ

अब साथ खोज्नु छैन यति जानेपछि
आफ्नो लागि सधैं आफ्नै छाँया साथी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *