Skip to content

बाग्द्वार साहित्य समाजद्वारा अन्तर विद्यालय कविता प्रतियोगिता सम्पन्न

  • by
20120328_BinaTamang_News


शिवपुरीको फेदीमा लतमन्न सुतेको नारायणथान अर्थात पवित्र धाम बुढानीलकण्ठमा मिति २०६८ चैत्र ११ गते शनिवार बाग्द्वारा साहित्य समाजले कवि ‘वियोगी’ बुढाथोकीको प्रमुख आतिथ्यमा उत्तर भेगीय अन्तरस्कूल कविता प्रतियोगिता सम्पन्न गरेको छ।

वाणगंगा सहकारीको हलमा आयोजित उक्त कार्यक्रममा नियात्राकार युवराज नयाँघरे, गजलकार रामबहादुर पहाडी र गीतकार नरप्रसाद धितालको पनि गरिमामय उपस्थिति रहेको थियो ।

बाग्द्वार साहित्य समाजको अध्यक्ष श्याम ‘संकल्प’को सभापतित्वमा समपन्न कविता प्रतियोगितामा स्थानीय ८ वटा स्कुलका कक्षा ७ देखि ९ सम्मका १४ जना विद्यार्थी भाइबहिनीहरूले भाग लिएका थिए । देशप्रतिको चिन्तन, प्रकृति-प्रेमदेखि लिएर गुराँस फुलेको भावभङ्गीमा रचिएका कविताहरू विद्यार्थीहरूले वाचन गरेका थिए ।

निर्णायक तहमा रहनुभएको बिना तामाङ ‘सुनगाभा’ र किशोर दाहलको अन्तिम निर्णय अनुसार प्रतियोगितामा श्रीमहाँकाल जनजागृति उच्च मा वि को भाइ उनम बुढाथोकीले प्रथम स्थान हासिल गर्न सफल भएको थियो भने क्रमश: अनु श्रेष्ठ (सेन्ट जेभियर्स), मन्दिरा रोक्का (फ्युजन एकेडेमी ) लीला अर्याल (बुढानीलकण्ठ उ.मा.वि) ले द्धितीय, तृतीय र सान्त्वना पुरस्कार जित्न सफल हुनुभएको थियो।

विजयी भाइबहिनीहरूलाई नगद पुरस्कार तथा प्रशंसापत्र दिईएको थियो भने सहभागी सम्पुर्ण विद्यार्थीहरूलाई पनि प्रशंसापत्र दिइएको थियो। यसरी विद्यार्थीहरू बीच कविता प्रतियोगिता हुदाँ प्रतिस्पर्धा बढ्ने र सानैदेखि यस क्षेत्रमा कलम चलाउन हौसला मिल्ने हुनाले साहित्यको सम्बर्द्धन र संरक्षणमा यसले आफ्नै प्रकारको भूमिका खेल्ने आशय बाग्द्वार साहित्य समाजको रहेको छ।

आगामी दिनहरूमा पनि यस्ता कार्यक्रम आयोजना गरिने अध्यक्ष ‘संकल्पले’ बताउनुभएको थियो ।

उदारहणीय कामको प्रशंसा गर्दै युवराज ‘नयाँघरे’ले विजयी भाइबहिनीहरूलाई बधाई दिनुभएको थियो । उत्कृष्ट कविताहरूलाई बाग्द्वार साहित्य समाजको अर्धवार्षिक पत्रिका समेट्ने जानकारी कार्यक्रम संचालक जयराम धितालले दिनुभएको थियो ।

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

कार्यक्रममा प्रथम स्थान ओगट्न सफल कविता : प्रकृतिसँग सिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *