फेरि पनि उही बाटो आउँछ्यौ कि भनी
अबेरसम्म पर्खिएँ तारा गनी-गनी
मुस्कानमा गुराँसको लाली फिजाउँदै
आकाशमा बोलाउँथी मलाई चाँदनी
सपनीका फूलहरू यसै यसै फुल्थे
ऊ आउँदा अधेँरीमा जूनकिरी बनी
रंगीचंगी फूलका ती बगैँचामा हेरेँ
एउटा फूल पाएँ मैले सुवासकी धनी
भुल्न कहाँ सकुँला म आफ्नो मुटूलाई
सम्झना छ बाँकी तिम्रो तिमी गए पनि