Skip to content

एउटालाई पाएँ एउटा मन पराएँ

  • by


एउटालाई पाएँ एउटा मन पराएँ
जसलाई म चाहेँ उसैलाई हराएँ

म आफै रोएँ मन आफैँ भुलाएँ
बेकाम प्रियालाई दिलमा सजाएँ

सुरिला बचनले अधुरा कसमले
चोटमा दुख्यो मन मुखमा हसाएँ

मनभरि निष्ठुरीका कुरा चलाएँ
परेली भिजाई मन एक्लै रुवाएँ

हर रातभरि पर्यो मनसुन झरी
तिम्रै तस्बिरभरि आँशु खसाएँ

मनसुन
मिति २०६८ माघ १२ गते, कुवैत

Leave a Reply

Your email address will not be published. Required fields are marked *