Skip to content

प्राथना गर्छौ दुई हात जोडी (सरस्वती वन्दना)

  • by


प्राथना गर्छौ दुई हात जोडी ज्ञानकी खानीलाई
अज्ञान हटाई ज्ञान बुद्धि देऊ हे माता हामीलाई

तिम्रो त्यो न्यानो ज्ञानको ज्योति पाएर खुशी छौ
विद्याको प्रसाद लाएर शिरमा असाध्यै सुखी छौ ।

अज्ञानीलाई ज्ञान देऊ माता सत्मार्ग देखाई देऊ
विश्वमा नामी नेपाली हामी भनेर चिनाई देऊ

नगर भेदभाव ठुलो र सानो समान गर है
मनमा माया फलाउने विचार सबैमा छर है ।

तिर्थ”यात्री”पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *