Skip to content


सा”झको ९ बज्दै थियो । फतिमा आदम सबै छोराछोरीहरूलाई खाना खुवाइवरी फटाफट घरधन्दा सक्न व्यस्त थिइन् । आज उनलाई निकै ठूलो काम गर्नु छ, उनको कामको गति हर्ेदा यस्तो लाग्थ्यो । उनी हरेक बिहीबार यस्तै हतारो गर्छिन् । काम नै कामको बोझले उनलाई कतिखेर दिन कट्छ, पत्तै हु”दैन । हरेक बिहीबार उनको मन २५ वर्षो तरुनीको जस्तै चञ्चल हुन्छ । ९ बजेभित्रै भान्साको सबै काम सकेर छोराछोरीहरूलाई सुत्न पठाइहाल्थिन् ।

सधै”झै” आज पनि उनले त्यसै गरनि् । छोराछोरी सुत्ने तरखरमा लागेपछि बा”की काम सकेर हातमुख धोई कोठातर्फलागिन् । कोठाभित्र पसेर छोराछोरी सुतेको कोठातर्फसुस्तरी चियाइन् । ढोकाबाट छिर्नासाथै बाया”पट्टकिो भुइ”मा तीनै जना छोराछोरी लहरै सुतेका थिए । उनी बिरालाको चालले विस्तारै कोठामा पसिन् ।

दिनभरकिो थकानले पनि उनलाई कुनै प्रभाव पार्न सकिरहेको थिएन । मनमा खुसीको बाढी उर्लिरहेको थियो । के गरौ”, कसो गरौ” भइरहेको थियो । कोठाको निस्तब्ध अ”ध्यारोले उनलाई रोमाञ्चित बनाइरहेको थियो । कोठाको दाया”तर्फरहेको काठको मचानजस्तो खाटमा पल्टिएर बाहिर जूनको उज्यालोको छाया हर्ेर्दै आफूलाई भुलाउने प्रयत्न गर्दै थिइन् उनी । उनलाई प्रत्येक सेकेन्ड घन्टाजस्तो लागिरहेको थियो ।

पर्ूवपट्ट िरहेको ठूलो फलामे मुख्य द्वारबाट छिर्नासाथै उनको झुप्रो रहेकाले बाहिरबाट घरको कम्पाउन्डभित्र कोको आउ”छ, सबै उनको कोठाबाट र्छलङ्ग देख्न सकिन्थ्यो । रातको समयमा जब मुख्य ढोकाबाट कुनै पुरुष छाया उनको झुप्रोतर्फबढ्थ्यो, उनको खुसीको सीमा रह”दैनथ्यो । उनको मुटुको चाल एकाएक बढ्न थाल्थ्यो । छाया”को टाउको आफ्नो कोठाको ढोकामा आइपुग्दा नपुग्दै उनको शरीरका रौ”हरू ठाडोठाडो हुन्थ्यो । बाहिर गएर त्यो छायालाई हावाको बेगले झै” तानेर भित्र ल्याई आफूस”ग टासु”टासु” लाग्थ्यो । उनी त्यो छायास”ग खेल्न आतुर हुन्थिन् ।

यतिखेर उनी खाटमा पल्टेर आशापर्ूण्ा नजर ढोकाबाहिर फ्या”किरहेकी छन् । ढोकाबाट छिनछिनमा हावाका शीतल झोक्का सरर पसेर उनलाई छोएर गइरहेछ । उनलाई त्यो शीतल हावाको र्स्पर्श लोग्नेको जस्तै लागिरहेछ, आनन्दमय । सातामा एकपटक लोग्नेको अ”गालो पाउ”दा उनलाई पर्व आएजस्तै हुन थालेको छ । घरभित्रै भएको लोग्ने भेट्न पनि देउता भेट्नजतिकै गाह्रो भएको छ ।

उनी सोचिरहेकी छन् यो लोग्नेको जात पनि गजबको हु”दोरहेछ । स”गै हु”दा सधै” नोकझोक, टाढा हु”दा सधै” तृष्णा । जति रुखो भए पनि साह्रै मीठो । जति रसिायो, त्यति नजिक । अचम्मको आकर्षा र माया ।

जे भए पनि उनलाई लोग्नेको माया लागिरहेको छ । यद्यपि, विगतको जस्तो न्यानो र आत्मीय छैन तर पनि थोरै नै भए पनि लोग्नेको माया पाइरहु”जस्तो लागिरहन्छ उनलाई । सधै” कान्छीस”ग मात्र बस्दा उनलाई रसिको पारो तात्छ र लोग्नेलाई कुटेर थिलोथिलो बनाउजस्तो लाग्छ तर उनको रसि उनको मनभन्दा बाहिर निस्कन सक्दैन ।

एक घन्टाको प्रतीक्षापछि पनि ढोकामा कुनै छाया नदेखेपछि उनको मनमा चिसो पस्छ । “कतै आज बिहीबार पनि अघिल्लो साताजस्तै त्यही नकच्चरी मोनिराकै मोहनीमा त फसेनन् †” यस आशङ्काले एकाएक उनको मनमा लोग्नेबाट तिरस्कृत हु”दै गएको महसुस हुन थाल्यो । छटपटीको सीमा नाघ्न थाल्यो । खाटको दाया”बाया” हात पसारनि् । खाट नितान्त खाली थियो । उनको मन चिन्ताले भत्भती पोल्न थाल्यो । आफूस”ग सुत्न नआएको भन्दा पनि मोनिरास”ग सुत्न गएकामा बढी रसि उठ्यो । उनको मनमा अनेक कुरा खेल्न थाल्यो । “के अब लोग्नेलाई उनको कुनै आवश्यकता छैन – के उनी थोत्रा कागजजस्तै मिल्काउन, च्यात्न र जलाउनभन्दा अरू कामका लागि उपयोग नहुने भइसके त -”

जूनको उज्यालोमा ढल्केर उनी धेरैबेर घोरइिरहिन् । उनको स्मृतिमा भर्खरै बिहे हु”दा इब्राहिमस”ग बिताएका स्वणिर्र्म रातहरू सजीव भएर आइरहे । बिहे हु”दाताका उनलाई कति माया गथ्र्यो इब्राहिमले । उनीबिनाको रात इब्राहिमलाई कल्पनाबाहिरको हुन्थ्यो । सा”झ पर्न नपाउ”दै इब्राहिम उनको अगाडि उपस्थित हुन्थ्यो र अगाडि बसेर उनलाई खुसी पार्न मीठामीठा कुरा गथ्र्यो । त्यतिखेर फतिमालाई संसारै जितेजस्तो अनुभव हुन्थ्यो । एउटी नारीका लागि पतिसुखभन्दा अमूल्य उपहार के हुनसक्छ – पतिको साथ र अ”गालोभन्दा न्यानो के हुनसक्छ –

तीनवटा छोराछोरीका बाबु भइसकेपछि इब्राहिमले सावरीस”ग दोस्रो विवाह गर्ने निर्ण्र्ाागर्‍यो । उनको सपना बालुवाको घरझै” फासफूस भयो, भताभुङ्ग भयो । उनी धरै रोइकर्राई गरनि् । तर, इब्राहिमले सुनेनन् । उनको आ”खाअगाडि इब्राहिमले सावरीलाई पत्नी बनाई घरमा भित्र्याए । हर्ेदाहर्ेर्दै फतिमाको जीवनमा कालो बादल छायो । अब इब्राहिम उनको मात्र रहेनन् । दर्ुइतिर बा”डिए । उनी एकान्तमा धेरै रोइन् । आ”सुले सिरानी नभिजेको कुनै रात भएन । तर, उनको रुवाइको कुनै अर्थ थिएन । कानुनले नै पुरुषलाई चारवटासम्म बिहे गर्न छूट दिएकाले दोस्रो बिहे गर्नु कुनै पहाड खस्नुजस्तो थिएन, सुडानी समाजमा । तर, फतिमाका लागि त्यो घटना समुद्र सुक्नु, पहाड बग्नु र आकाश खस्नुभन्दा पनि ठूलो घटना थियो ।

उनलाई केही दिनसम्म लोग्ने र सावरीको अनुहार हर्ेनसमेत मन लागेन । सावरी लोग्नेस”गै पक्की घरमा बस्ने भई र उनका लागि तुरुन्तै बन्यो आ”गनमा नया” घा”से झुप्रो । पुरुषहरूको शासन भएको समाजमा महिलाले बोल्नु अपराध थियो । अनि, महिलाको काम सहनु हो भन्ने कुरा उनले माइतीघरबाटै सिकेर आएकी थिइन् । त्यसैले उनी चुपचाप कुनै व्रि्रोह नगरी नया” झुप्रोमा बच्चाहरू स”गै सरनि् ।

उनको एक मनले लोग्नेलाई छाडेर छुट्टै बस्ने योजना बुन्यो । तर, उनलाई त्यसो गर्न पनि कानुनले रोक्यो । उनको देशको कानुनमा महिलालाई छोडपत्र गर्ने अधिकार हु”दैन । लोग्नेका विरुद्धमा उजुरी गर्ने छूट दिएको छैन । उनको बाबुलाई १० हजार सुडानी पाउन्ड तिरेर बिहे गरेको हो इब्राहिमले उनलाई । लोग्नेलाई छाड्ने कुराले उनको बाबु पनि उनीस”ग पक्कै खुसी हुनेछैन । किनभने, बाबु पनि इब्राहिमजस्तै पुरुष नै हुन् । उनले सबैतिर सोचेर फेर िलोग्नेकै झुप्रोमा बस्ने निर्ण्र्ाागरनि् ।

दिन, साता, महिना बित्दै गयो । सावरी गर्भवती भएपछि सारा बोझ उनकै थाप्लोमा आयो । उनले सहनशील भएर सावरीको स्याहार-सुसारमा कुनै कमी हुन दिइनन् । सावरीको अवस्था ठीक नभएपछि इब्राहिमका रातहरू फेर िफतिमाकै झुप्रोमा बित्न थाल्यो । उनलाई केही महिना भए पनि ठूलै युद्ध जितेजस्तो भयो । लोग्ने आफूतिर धेरै बस्न थालेपछि उनलाई फेर िलोग्ने फर्केको भ्रम हुनथाल्यो । उनले सावरी पनि आफूजस्तै कमजोर र अधिकारविहीन महिला भएकाले मिलेर बस्नर्ुपर्छ भन्ने सोचिन् । मनमा जे भए पनि उनले सावरी महिला थिइन् र बहिनी जस्तै व्यवहार गर्न थालिसकेकी थिइन् ।

सावरीले बच्चा पाएको दर्ुइ वर्षछि जब इब्राहिमले फेर िअर्को बिहे गर्ने निर्ण्र्ाागर्‍यो, त्यसपछि चाहि” उनलाई लोग्ने पशुजस्तै लाग्न थाल्यो । फेर िउनको टाउकोमा पहाड खसेको थियो तर उनी यसपटक पहिलाजस्तो विचलित भइनन् । इब्राहिमलाई सम्झाउन पनि उचित सम्भिmनन् । किनभने, इब्राहिम आफ्नो निर्ण्र्ाााट पछि हट्ने छैन भन्ने बुझेकी थिइन् । सावरीले दर्ुइ-तीन दिन रोइकर्राई सम्झाउने कोसिस गरनि् । तर, इब्राहिमलाई उनको अनुरोध र आ”सुले पगाल्न सकेन । अन्ततः इब्राहिम तेस्रो बिहे गर्ने तयारीमा लागे ।

इब्राहिम आफ्नो तेस्री श्रीमतीका लागि फेर ि१५ हजार पाउन्ड तिर्न राजी भए । ‘म कमाइ गरेर तिमीहरूलाई पाल्छु, राम्रोस”ग खाने लाउने बन्दोबस्त मिलाउ”छु, चिन्ता नगर’ भन्दै उल्टै इब्राहिमले सम्झाउने प्रयत्न गरे फतिमा र सावरीलाई । फतिमाको छातीको पुरानो घाउ फेर िबल्भिmयो भने सावरीको छातीमा एउटा नया” घाउ लाग्यो । लोग्ने बा”ड्नुको पीडा कति दर्दनाक हुन्छ भन्ने पीडा फतिमालाई त पहिल्यै थाहा थियो अब सावरीलाई पनि थाहा हुने भयो । ती निरीह दुवै महिलाहरू दिन-दिनभर िरोए र एकअर्कास”ग पीडा बा”डे । तर, उनीहरू रुनु र नरुनुको कुनै अर्थ रहेन इब्राहिमका लागि ।

फेर िकम्पाउन्डभित्र धमाधम अर्को झुप्रो निर्माण भयो सावरीका लागि । सावरीस”गको बिहेजस्तै फेर िआयोजना भयो भोजको र सेखको रोहवरमा इब्राहिम र मोनिराबीच विवाह सम्पन्न भयो । वरपरका छिमेकी र नातागोताहरू निम्तालु भए । कसैले आर्श्चर्य मानेनन् यो विवाहलाई । तर, फतिमा र सावरीका लागि सुनामीभन्दा पनि ठूलो प्रलय बनेर आएको थियो यो विवाह ।

मोनिरास”ग विवाह भएपछि केही दिनसम्म इब्राहिमले फतिमा र सावरीतर्फत्यति ध्यान दिएनन् । फतिमालाई फेर िलोग्नेप्रति तीव्र वितृष्णा जागेर आयो । लोग्नेमान्छे नभएर कुनै क्रूर अत्याचारी बगरेजस्तो लाग्न थाल्यो ।

उनीहरू सहमत/असहमत हुनुको कुनै स्थान थिएन । उनले फेर िएकपटक जीवनको कठिन घडीलाई अत्यन्त कष्टका साथ आत्मसात् गरनि् । अब उनले लोग्नेलाई लोग्ने होइन, एउटा आममान्छेसरह ठानेर आफ्नो दुःख-कष्टबाट मुक्त हुने उपाय सोचिन् र सावरीलाई पनि त्यसैगरी सम्हालिन सल्लाह दिइन् ।

अब लोग्नेलाई कुनै वास्ता नै नगर्ने गरी मनलाई बा”धिन् । उनी कठोर बन्ने प्रयत्न गर्न थालिन् तर जतिजति लोग्नेबाट परपर भाग्ने कोसिस गरे पनि उनको मनबाट इब्राहिमको माया हटेर जान सकेन । सातामा एकैरात किन नहोस्, आफ्नो लोग्नेको अ”गालोमा बा”धिएर रहने इच्छालाई मार्न सकिनन् । फेर िउनी लोग्नेको थोरै दयाको पात्र बनिन् र सातामा बिहीबार एकदिन लोग्ने उनको भागमा पर्ने अलिखित सम्झौता भयो । त्यसैदिनदेखि उनलाई अरूबार लोग्ने सावरीकहा” जान्छ कि मोनिराकहा” बस्छ, मतलब हुन छाड्यो तर बिहीबारको दिनचाहि” सधै” लोग्नेको प्रतीक्षामा बस्ने बानी पर्न थाल्यो र त्यसै अनुरूप चल्न थाल्यो उनको जीवनचक्र ।

विगतका दिनहरूको यादमा डुबुल्की मार्दै गर्दा मध्यरात भइसकेको थियो । बाहिरबाट ढोका खोलेको आवाजले उनको स्मृतिको तीतोमीठो क्रमभङ्ग भयो । उनी लोग्ने घरमा आइपुगेकामा खुसीले उन्मत्त भइन् । उनको शरीरमा का”डा उम्रिन थाल्यो । ढोकाबाहिर जूनको उज्यालोमा लोग्नेको छाया हर्ेन थालिन् । एकैछिनमा एउटा पुरुष छाया उनको ढोकाअगाडि आएर टक्क उभियो । उनले प्रस्ट रूपमा लोग्नेको छाया चिनिन् । उनको मन भित्रभित्रै उत्ताउलियो । शरीरका सबै नसाहरूमा रक्तचाप बढेझै” भयो । तर, जब त्यो छाया उनको ढोकाबाट बाया”तर्फमोडिई पक्की घरतर्फलाग्यो, तब उनको मनमा अचानक चिसो पस्यो ।

उनी विस्तारै खाटबाट उठिन् र लोग्नेको छाया” गएतर्फहेरनि् । लोग्ने सीधै मोनिराको कोठाको ढोका ढक्ढक्याउन थाले । केहीबेरमा मोनिराले ढोका खोलिन् र उसलाई भित्र्याएर ढोका बन्द गरनि् । लोग्नेको यो व्यवहारले फतिमाले आफ्नो ठूलो अवहेलना भएको ठानिन् । उनले मनमनै सोचिन्, “के अब इब्राहिमको जीवनमा म रहनु र नरहनुको कुनै मूल्य छैन – के अब म इब्राहिमको खा”चो र्टार्न नसक्ने बूढी भइसके” -” दुवै प्रश्नको उत्तर पाएन उनको मनले । उनलाई लोग्नेदेखि साह्रै रसि उठेर आयो ।

उनी सुस्तरी पाइला बढाउ”दै मोनिराको कोठातर्फलागिन् । भित्रकाले थाहा नपाउने गरी ढोकाको चेपबाट भित्र चिहाउन थालिन । इब्राहिमले मोनिरालाई अ”गालोमा कसेको देखी उनलाई सहिनसक्नुभयो । कमसेकम सातामा एकपटक भए पनि आइरहने लोग्नेले यसरी तिरस्कार गरेकाले उनको आक्रोशले सीमा नाघ्यो ।

रसिको आवेगमा उनले सोचिन्, “दुवै जनालाई भान्साको दाउले छप्काइदिन्छु र जेल जान्छु । आखिर मलाई सधै” दुःख, कष्ट र तनाव झेलेर यस घरमा बस्नुभन्दा जेलमा बस्नु नै आनन्द हुन्छ ।” तत्कालै उनलाई आफ्नो तीनवटा छोराछोरीको भविष्यको चिन्ताले सतायो । उनको आत्माले त्यसो नगर्न खबरदारी गर्‍यो ।

उनले फेर िअर्को उपाय खोजिन्, “यसरी दिनदिनै मरेर बा”च्नुभन्दा आफै” विष खाएर मरििदउ”m ।” यो बाटो पनि उनलाई उचित लागेन । त्यो इब्राहिमको गल्तीका लागि म किन आफ्नो जीवन समाप्त गरू” । बरु जति सकिन्छ लडेर बा”चू । उनी फेर िदृढ बनिन् र इब्राहिमस”ग मौन युद्ध गरेर बस्ने निर्ण्र्ााा पुगिन् ।

अकस्मात् मोनिराको कोठाको बत्ती निभ्यो । भित्र निष्पट्ट अन्धकार छायो । फतिमाको जीवनजस्तै थियो त्यो अन्धकार । अ”ध्यारोमा अब इब्राहिम र मोनिरा दुवै देखिएनन् । केवल मोनिराको मलिनो उच्छबास उनको कानमा ठोक्किइरह्यो । उनलाई औडाहा भयो ।

उनले एकाएक इब्राहिमस”गको पहिलो रात सम्भिmइन् । मनमा इब्राहिमको र्स्पर्शको मिठास दौडियो । उनको अङ्ग-अङ्गमा सलबलाएका इब्राहिमका हातहरूले काउकुती लगायो । बलिष्ठ पाखुरा र अजेय शक्ति भएको इब्राहिमको कसिलो अ”गालोमा लल्याकलुलुक भयो उनको शरीर । उनको तन, मन सबैमा स्वणिर्म स्वाद सञ्चारति भयो । उनको शरीर भकभक उम्लिएको पानीजस्तै तातिएको थियो । उनको शिरदेखि पाइतालासम्मका अवयवहरू इब्राहिमको र्स्पर्शको भोकमा थर्थराइरहेका थिए ।

उनी त्यहा”बाट सरासर नजिकै रहेको धारातर्फलागिन् । धारामा पुगेर धाराको टुटीमुनि थचक्क बसिन् र आफ्नो टाउकोमाथि धाराको फोहोरा खोलिन् । एकैछिनमा उनको शरीरको सबै लुगा न्रि्रुक्क भिज्ने गरी शरीरभर िपानी दौडियो । धेरैबेरसम्म यसरी नै शिरमा पानी छाडेर उनी धारामा बसिरहिन् । अनि, निकैबेरपछि उनी चिसै लुगासहित गएर आफ्नो खाटमा पल्टिइन् ।

गर्मीको त्यो रापमा पनि उनलाई आफ्नो ओछ्यान हिउ”जस्तै चिसो अनुभव भइरह्यो ।

2 thoughts on “फतिमाको अनिंदो रात”

Leave a Reply

Your email address will not be published. Required fields are marked *