Skip to content

बक्लौरीलाई छोडेर चितवन टाँडी आएँ

  • by


बक्लौरीलाई छोडेर चितवन टाँडी आएँ
तिम्रो लागि भनेर म घरबार छाडी आएँ

छेकेको थ्यो मेरो बाटो समाज परिवारले
भागी भागी हुँदै जंगल म झाडी झाडी आएँ

चाह हैन बिदेशिनु तिमीलाई छोडी मेरो
गरिब छु कमाउन बाध्यताले खाडी आएँ

भनेको हुँ सत्य कुरा कुनै कसुर भएदेखि
जे सजाय दिने देऊ म तिम्रो अगाडि आएँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *