Skip to content


परिवर्तनको सपना वाडनेहरूसँग
प्रगतिका गीत गाउनेहरूसँग
विकासका वाजा बजाउनेहरूसँग
फुरुंग परेर
टायरका राप र धुवाहरू सहँदै
शोषणका अवशेष नहुनेः जंगली
अन्यायको अनुभुति नहुनेः चेतनाविहीन
अत्याचारको वोध नहुनेः अवोध्य
हाम्रा आदिम पुस्ताहरूले विताईसकेको
ढुगे युगमा हामीलाई फर्काउन
हाम्रा यात्राहरूमा तगरा तेर्साउने
जलाउने
भत्काउने
तोड्ने
फोड्ने
विसँगत राजनीतिका सट्टावाजहरूसंगै
अचेल आफै दौडिन थालेको छ
मेरो देशको सडक

हो अचेल मेरो देशको सडकले स्वाभाव वदलेको छ
हो अचेल मेरो देशको सडकले व्यवहार वदलेको छ
ढुगे युगका सर्वश्रेष्ठ व्यवहार देखाउनेहरूको
चौतर्फि नायकत्वमा
सडक हतियार वन्दैछ
सडक साधन वन्दैछ
सडक संस्कृती वन्दैछ
विनिर्माणको
विश्रृखलताको
विवेकहिनताको

लाग्दछ
अन्तस्करणवाट ढुंगेयुगको धगंधगीं नहटिन्जेल वा
सडकलाई जंगल वनाएर आफैलाई रामापीथेकस नबनाईन्जेल
हाम्रा आधुनिक रामापिथेकसहरू
तिनका मदारीहरूसँगै
सडकका दुखहरूमा नाँचिरहनेछन
सडकका पीडाहरूमा हाँसिरहनेछन
तरपनि तिन्लाई पीठ्युमा चुपचाप उठाएर
नयाँ दु्रतमार्गको कामनामा
गतिशीलता देखाईरहेछ
मेरो देशको सडक ।

१० अप्रील, २०१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *