(१) नयाँ बर्षको
पुरानै आगमन
पात्रो फेरियो ।
(२) फेसबुकमा
कामनाको ओइरो
बिस्तारै पढ ।
(३) सत्य त यो हो
हाम्रा गौतम बुद्ध
क्रुर छिमेकी ।
(४) बन्छ, बन्दैन
नअल्झी लेख्न थाल
यो संबिधान
(५) प्रियशीको फोटा
यो रेगीस्थानामा
औषधी, बुटी ।
(६) मेरो सिर्जना
सह- अस्तित्व खोज
अहँ होइन।
(७)प्रकृति तिम्रो
मुहारमा हेरेर
पुलकित छु ।
अस्तु :
वास्तविक नाम : भानुभक्त दुलाल
दमक, झापा
हाल : अबुधाबी, यू ए ई ।