Skip to content

तीन मुक्तक (बनाइदियो, न बोल्छ न हेर्छ, कहिलेसम्म)


१)
भगवानले यति सुन्दर मुहार बनाइदियो !
मान्छेले मुहार बिक्ने बजार बनाइदियो !
तिमी मान्छेलाई भगवान ठानिरहेछौ भने-अब,
सोच ! भगवानले नै यो कस्तो बिचार बनाइदियो ?

२)
कसले बनायो शालिक, न बोल्छ न हेर्छ ?
उसैलाई बनायो मालिक, न सुन्छ न टेर्छ !
अजीव बनाइदेऊ अब यी मान्छेका मुटुहरू–
सास पत्थरले जस्तै, न तान्छ न फेर्छ !

३)
यो शहरमा पिठो, बिक्छ कहिलेसम्म ?
यसरी नै जिन्दगी, टिक्छ कहिलेसम्म ?
यो अभाव र सरकार के हो भन्छ मेरो छोरा,
उस्तै उस्तै हो भनेर, सिक्छ कहिलेसम्म ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *