आँखाहरू लोलाइसके होलान,
मन थाकिसक्यो होला, आमा मेरी आमा ।
तिम्रा सपनाहरू ओइलाएरै झर्ने पो हो कि,
संसार देखाउदै रचेको सृस्टि,
दोबाटोमै मर्ने पो हो कि, आमा मेरी आमा ।
आमा तिम्रो दुधको भारा म कहिल्यै तिर्न सक्दिन ।
कोखभित्रको ऋणि हुँ म धन सम्पत्तिले फेर्न सक्दिन ।
आमा लाग्छ सधैं तिमीसँगै रम्न पाऊँ ।
फेरि बाल्यपनमा फर्किएर तिम्रो मायामा खेल्न पाऊँ ।
भोक प्यास थकान सबै हुन्थ्यो तिमीलाई पहिचान ।
आफ्नो पीडा कुल्चिएर मेरो खुशीको दिन्थ्यौ ध्यान ।
यस्तै रहेछ समय चक्र दिन रात महिना वर्ष ।
तड्पिदैछु सात समुद्र पारी, छैन् मनमा खुशीको हर्ष ।
तिम्रो खुशी मेरो जीवन, आसु दिए श्राप लाग्छ ।
जन्मदाता अमूल्य छौ, चित्त दुखाए पाप लाग्छ ।
लम्किदैछु प्यारी आमा तिम्रो ममतामयी आशिर्बादले
छुन्न मलाई कोही कसैका लोभी पापी अन्तर्घातले ।
पूरा गर्न सकु तिम्रा अभावहरू दु:खको बाढी नआवोस् कदापि ।
कहीं कतै सताए तड्पाएहोला मेरी आमा माग्दैछु माफी ।
जन्मायौ, हुर्कायौ, जिउन सिकायौ सदा सुखी तिम्रो चाहना ।
सफल रहोस् तिम्रा हर चाहनाहरू यही नै मेरो शुभकामना ।
”मेरि आमा, प्यारी आमा “
your poem is very beautiful
your poem is very beautiful so thank u subhadra g
Man paryo…..Good thought
Man paryo…..Good thought
मन ता मलाइ पनि परेकै हाे । तर
मन ता मलाइ पनि परेकै हाे । तर यति विधि अशुद्धिहरु छन् सफा गरिदिउँ न त भनेर थालेकाे थिएँ अशुद्धिहरुले अाफैलाइ डुबाए ।
केही शुद्ध भयो कि सर ?
केही शुद्ध भयो कि सर ?
पहिले भन्दा ता अलिक शुद्ध भएछ
पहिले भन्दा ता अलिक शुद्ध भएछ । तर पनि छन् व्याकरणगत र भावगत त्रुटिहरु । बरु कुनै बेला लेखेकाे बेला मलाइ देखउनु र म शुद्ध पारिदिन्छु अनि राख्न ल ।