बजाऊँ भने बाँसुरी आफ्नै मन रुन्छ
नबजाऊँ त बाँसुरी पिरले मुटु खान्छ
जिन्दगी यो लाली बिना गोधुलिले ढाक्यो
मन बुझाउने जूनतारा थ्यो त्यो नि टाढा भाग्यो
आउन खोज्छ खुशी मनमा तर बिलाई जान्छ
बिरह चल्छ बाँसुरीले र त यो मन रुन्छ
मन बुझाउछु आज भोलि फुल्या’ गुलाफ हेरी
बाँच्ने रहर जाग्छ अनि छुट्टै इतिहास कोरी
के गर्नु र चारै तिर सबले खुट्टा तान्छ
सोंची बसे ए है सानी ! पिरले मुटु खान्छ ।
बजाऊँ भने बाँसुरी आफ्नै मन रुन्छ
नबजाऊँ त बाँसुरी पिरले मुटु खान्छ
राजेश रुम्बा लामा ‘अतृप्त’