आमा ? पर्खी रहनु मलाई
म नआउँन्जेल पर्खी रहनु
आमा नरुँनु, मन नदु;खाउनु
म हजुरको आशुँ पुछ्नु
एकदिन आउंछु आमा ?
म हजुरको हात शरीर
तेलले मालिश गर्नु आउँछु
मलाई थाहा छ
दश धारा दुधको भार
मलाई थाहा छ
दश महिना बोकेको भार
मलाई थाहा छ
संसार देखाको
मलाई थाहा छ
तोते बोल्नु सिकाको
मन सानो नपारी बस्नु
कहिले नरुँनु आमा
हजुर नरुँनु,
मेरी आमा नरुनु
हजुर कोदो रोपेर आउँदा
मकै गोडेर आउँदा
हात खुट्टा गलेर थाक्नु हुन्थ्यो
त्यसबेला म सानै थिएँ
म हजुरको ढाँड़ माथि चडेर
खुट्टाले कुल्ची दिन्थे
हजुरको काँध मिची दिन्थें
मलाई बोकेर
बजार मेला घुमाँउँने
ति काँध आज
थंगथिलो भएको छ आमा
मनले सबै भियाए पनि बलले पुग्दैन
मनले हरेस खाँदोहो कति
तर हरेहरेस नखानु आमा ?
आमा ? हजुरको र सितल कुलको
खुसि लिन आकी म त विदेश
तर
जसरी भए पनि म बाँचेर आउंछु
खुशी लिएर आउँछु
सानो झिनो स्वास लिएर भए पनि आउँछु
सधै-सधैं कोशिस गर्छु
नसोच्नु आमा म कमजोरी छोरी
म नै हजुरकी छोरा हुँ,
म नै हजुरकी छोरी
छोरो गाको छ विदेश भनि सम्झिनु आमा ?
हाम्रो घरका च्यान्टे र भुन्टीको
सुख लिएर आउँनेछु
एकदिन एउटा खुशी लिएर फर्किन्छे भनि
सम्झि दिनु आमा ?
आमा तिम्लाई सधै
आउँदो हो मेरो झझल्को
मुटु कति खाँदो हो
म आउने गोरेकोमा
झोला बोकी आइरहेको
झझल्को कति आउँदो हो
मैले भर्ने पानी पंधेरिमा
गाग्री कम्मरमा बोकी
आइरहेकी
मैले हिड्ने गोरेटोमा
डण्डी र बींयो लुका मारी खेल्दै
तोते बोलेकी
मेरै झझल्को आउँदो हो
गर्मीमा हावा ताप्ने चौतारीमा
मेरा साथी संगी देख्नु हुन्छ
म त्यहाँ नहुँदा
हतास लाग्दो हो
छर-छिमेकी साथीले
खोइ नानि कहिले आउँ छिन ?
भन्दै सोद्दा हुन
गाउँका मेरो पढाउने गुरुले
मिना देखिन्ननी भन्दै सोद्दा हुन
झन् मुटु भक्कानो छुट्दो हो
झन् आँसु बर्शिँदो हो
झन् मन टुट्दो हो
कृपया आमा ?
धर्य गर्नु है आमा ?
मेरी आमा
धर्य गर्दै बस्नु
बिदा ! आमा
अहिलेलाई बिदा !!!
हे! संसारका इश्वर भगवान सत्य,
म पुकार गर्छु, बल माग्छु मेरी आमालाई
शक्ति देऊ रोग शोग बाट बचाई शक्ति देऊ
ओम ! ओम ! ओम !!!
2012/04/21
मिना बान्तवा “मृदु”
“आमाको मुख हेर्ने दिन”