Skip to content

काग! काग! –- शुभ बोल! शुभ बोल!

‘तोकीएको मितिमा चुनाव नगरे दूर्घटना हुने’, ‘हाम्रो माग पुरा नगरे दूर्घटना हुने’, ‘राजा राखे दूर्घटना हुने’, ‘राजा नफाले दूर्घटना हुने’ यि सबै हाम्रा महान नेताहरुको मुखारविन्दवाट निक्लने भविश्यवाणिहरु हुन । नीति, राजनैतिक सोच वा वैचारिक मतभेद रहे पनि यौटा कुरामा भने हाम्रा सबै दलका नेताहरुको समानता छ। त्यो हो: समय समयमा यस्तै प्रकारका दूर्घटना- मूलक- भविश्यवाणी गर्ने ।

बोलीदिए पुग्ने, जिम्मेबारि लिनु नपर्ने सुबिधा भएको र खाली हल्लामै रमाउने परिपाटि बसेकोले एक पटक त कुरा यत्ति सम्म पुग्यो की एक्कै पटक पूर्ण विपरित र अति भिन्न भविश्यवाणी पनि आए । यो कुनै मनगढन्ते कुरा होईन। संबिधान सभा चुनाव अगाडिका हाम्रा विभिन्न दलका नेताका उदघोषहरु हुन,

त्यतिबेला फरक-फरक दल र ति दलका नेता मध्य कसैले ‘संबिधान सभाको चुनाव भए दूर्घटना हुने’, त कसैले ‘संबिधान सभाको चुनाव नभएमा दूर्घटना हुने’ , अनी कुनै दलले ‘संबिधान सभा चुनावको मिति सारे दूर्घटना हुने’ त कुनै दलले भने ‘संबिधान सभाको चुनाव नसारे दूर्घटना हुने’ सम्मका वक्तव्य दिए ।

स्मरण रहोस करिव १ बर्ष अघि नेपालमा नेपालमा एकजना त्रिशुल वावा नामधारिले पनि यस्तै खाले भयानक दूर्घटना हुने भविश्‍यवाणि गरेका थिए । र हालै आएर हाम्रा बयोबृद्ध नेता गिरिजा कोईरालाले पनि यस्तै दूर्घटनाको भविश्‍यवाणी गरेका छन :- “समयमा संबीधान नबने दूर्घटना” । अनि त्यस बीचमा ‘सेना समायोजन गरे दूर्घटना’ देखी लिएर ‘सेना समायोजन नगरे दूर्घटना’ जस्ता अन्य कैयौ दूर्घटनाका भविश्‍यवाणी भैसकेका छन । म कहिले काहि सोच्ने गर्छु किन हाम्रा नेताहरु खाली दूर्घटनाका मात्रै भविश्‍यवाणी गर्छन?, ‘सु-घटनका’ भविश्‍यवाणी किन कोहि पनि गर्दैनन?, लाग्छ ति भविश्‍यवक्ताहरु स्वयं आफ्ना भविश्‍यवाणी सहि साबित गर्न दिलो ज्यानले लाग्छन अनि देसमा दूर्घटना नभएकोमा भन्दा आफ्नो भविश्‍यवाणी गलत साबित भएकोमा दु:ख मान्छन् ।

बास्तबमा शब्द, अलंकार र अर्थ जे सुकै लागाउने प्रयास गरे पनि र आफ्नो अन्तर कुण्ठालाई जत्ति नै लुकाउन खोजे पनि, ति सबै भविश्‍यवाणीका पछाडि यौटै नियत हुन्छन वा सिधै भन्दा त्यसको अर्थ यस्तो हुन्छ :- “मलाई सत्ता दिने भए दिनु … नत्र दूर्घटना हुन्छ”। यसमा अर्को रमाईलो कुरा के छ भने यस्तो भयंकर- भयंकर दूर्घटनाको भविश्‍यवाणी गर्दा कसैले पनि “यसो गरे चाहि दूर्घटना टर्छ” भने भन्दैनन र त्यो दूर्घटना टार्ने महामन्त्र आफैसंग गोप्य राख्ने गर्छन । जुन मन्त्रलाई आफूले सत्ता प्राप्त गरेमात्रै प्रयोग गरिन्छ ।

यसै पनि हाल देश महान- महान नेताको नेतृत्वमा अग्रगामी दिशामा हिडंदै पछाडि पछाडि चिप्लने क्रम जारी छ र यो क्रम जारी रहेसम्म देशमा कुनै न कुनै दूर्घटना भईनै रहनेछन, जस्को कुनै भविश्यवाणी जरुरि छैन । यौटै देशमा ३-३ पटकसम्म प्रजातन्त्र ल्याउने हक्की नेताहरुले देश चलाउँदा सम्म देशमा स्थाईत्व आउला र देश उभों लाग्ला भन्ने त अब नेपाली जनताले पनि आशा मारि सकेकाछन र हाम्रो नियति अब सबे नेताहरुले भविश्यवाणी गरेका दूर्घटना पर्खनु मात्रै हुने करिव करिव पक्कै छ ।

अँ त, अब यो पोष्टको शिर्षकतर्फ जाँउ:- गाँउघर तिर, घर अगाडी वा वरिपरि काग कराएमा अझै पनि मानिसहरु “शुभ बोल! शुभ बोल” भन्ने गर्छन । मतलव कागले पनि कहिले शुभ र कहिले अशुभ समाचार ल्याँउछ भन्ने हाम्रो पारम्पारिक मान्यता छ । अनि रुखको हांगा वा घर वरिपरि कतै काग कराएमा मानिसहरु कागले ल्याएको समाचार सुभ होस भनेर यसै भन्छन “शुभ बोल! शुभ बोल!” ।

त्सो त हाम्रा नेताहरुको वक्तव्य निकै सिधा र सधैं अशुभ सूचक नै हुन्नछ र कागको जत्ती तटस्थ बोली पनि उनिहरुबाट कहिल्यै निस्कदैंन, तर आजकल म हरेक पटक हाम्रा नेताहरुको वक्तव्य पढेपछि अनायसै बर्बराउने गर्छु “शुभ बोल! शुभ बोल!”

http://dacharya.blogspot.com/2008/11/blog-post_11.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *