• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

पाठ्यक्रममा साहित्यिक कृति

ks — Sun, 06/17/2012 - 21:27

  • साहित्यिक खोजपत्र
  • ???
  • मधुपर्क २०६९ जेठ

१. विषयप्रवेश

नेपालमा कक्षा १ देखि १२ सम्म अनिवार्य नेपालीका रूपमा, कक्षा ११ र १२ मानविकी तथा शिक्षाशास्त्र सङ्कायको पाठ्यक्रममा ऐच्छिक नेपालीका रूपमा, स्नातक तह प्रथम वर्षको पाठ्यक्रममा मानविकी तथा शिक्षाशास्त्र सङ्कायअन्तर्गत अनिवार्य नेपालीका रूपमा अनि मानविकी सङ्कायमा प्रथम, द्वितीय र तृतीय वर्षमा तथा शिक्षाशास्त्र सङ्कायमा प्रथम र द्वितीय वर्षमा ऐच्छिक नेपालीका रूपमा नेपाली साहित्यको विधागत अध्ययन हुने गर्दछ । त्यस्तै स्नातकोत्तर तहको मानविकी सङ्कायको प्रथम र द्वितीय वर्षको पाठ्यक्रममा एवम् शिक्षाशास्त्र सङ्कायको प्रथम वर्षको पाठ्यक्रममा नेपाली साहित्यको विशिष्ट अध्ययन हुने गरेको छ ।

२. तहगत अध्ययन

क) प्राथमिक तहमा नेपाली साहित्य अध्ययन

कक्षा १ देखि ५ सम्मको पाठ्यक्रममा अनिवार्य नेपालीमा विधागत रूपमा कविता र जीवनी समेटिएको छ । कक्षा २ मा क्षेत्रप्रताप अधिकारीका 'नानी बाबु', माधव घिमिरेको 'झण्डा फरर', रामबाबु सुवेदीको 'पुस्तक' कृष्णप्रसाद पराजुलीको 'नाच्यो जुरेली' र दैवज्ञराज न्यौपानेको 'के कहाँ बस्छ ?' सिद्धिचरण श्रेष्ठको 'किताब', पारसमणि प्रधानको 'खेतीवाल', चन्द्रप्रसाद न्यौपानेको 'नेपाली' माधव घिमिरेको 'घामछाया' र कृष्णप्रसाद पराजुलीको 'सानु छ है सानु' समावेश गरिएको छ । त्यस्तै, कक्षा ४ अन्तर्गत माधव घिरिरेको 'गाउँछ गीत नेपाली', दैवज्ञराज न्यौपानेको 'नौलाख तारा', सिद्धिचरण श्रेष्ठको 'आमा', लक्ष्मीप्रसाद देवकोटाको 'पाप लाग्छ', र पारसमणि प्रधानको 'लक्ष्य' र कक्षा ५ मा लेखनाथ पौड्यालको 'नैतिक दृष्टान्त', महेन्द्रमालाबाट साभार 'किसानको रहर', घटराज भट्टराईको 'राष्ट्रिय गौरव', कृष्णप्रसाद पराजुलीको 'देशको माटो' एवम् माधव घिमिरेको 'नदी' कविता समावेश भएका छन् । प्राथमिक तहमा कक्षा ३ को पाठ्यक्रममा मात्र जीवनी समावेश गरिएको छ । महाकवि देवकोटाको जीवनीसमेत प्राथमिक तहको पाठ्यक्रममा २१ वटा कविता समेटिएका छन् ।

ख) निम्नमाध्यमिक तहमा नेपाली साहित्य अध्ययन

कक्षा ६ मा लेखनाथ पौड्यालको 'ईश्वरस्तुति', धरणीधर कोइरालाको 'भानुभक्त श्रद्धाञ्जली', माधव घिमिरेको 'राष्ट्रको अखण्डता', कृष्णप्रसाद पराजुलीको 'नेपाली आमाप्रति', कविता, मोहनराज शर्माको 'डुहुरे मुसा र सेतो बिरालो', कथा साथै साहित्यकार भवानी भिक्षुको 'जीवनी' समावेश गरिएको छ । कक्षा ७ को अनिवार्य नेपाली पाठ्यक्रममा सिद्धिचरण श्रेष्ठको 'पश्चिम', क्षेत्रप्रताप अधिकारीको 'झन्डाको गीत', यादव खरेलको 'आहृवान गीत', गोपाल पौडेलको 'मन' कविता, माधव भँडारीको 'कदर्य' कथा र विश्वप्रसिद्ध अङ्ग्रेजी कथाकार 'लियो टाल्सटायको अङ्ग्रेजी कथा ज्यध mगअज बिलम मयभक ब mबल लभभम रु को नेपाली अनुवाद कथा 'मानिसलाई कति जमिन

चाहिन्छ ?' र साहित्यकार बालकृष्ण समको 'जीवनी' पनि समेटिएको छ । यसैगरी कक्षा ८ को पाठ्यक्रममा लक्ष्मीप्रसाद देवकोटाको 'प्रश्नोत्तर', दैवज्ञराज न्यौपानेको 'किसान', सिद्धिचरण श्रेष्ठको 'ओखलढुङ्गा', मुकुन्दशरण उपाध्यायको 'पृथ्वीसन्देश' कविता समावेश गरिएका छन् भने डा. धु्रवचन्द्र गौतमको 'उपमन्युको परीक्षा' कथा, जीवराज पोख्रेलको 'दरबार' निबन्ध, मनिक्रमराज शर्माको एकाङ्की 'हामी एउटै हौँ' साथै साहित्यकार गोपालप्रसाद रिमाल, विश्वेश्वरप्रसाद कोइराला एवम् संस्कृत साहित्यका महाकवि कालिदासको जीवनी पनि पाठ्यक्रममा समेटिएको छ ।

ग) माध्यमिक तहमा नेपाली साहित्य अध्ययन

कक्षा ९ मा सिद्धिचरण श्रेष्ठको 'वसन्त', लक्ष्मीप्रसाद देवकोटाको 'भिखारी', लेखनाथ पौड्यालको 'सत्यसन्देश', कविता, बोधविक्रम अधिकारीको 'शिशिर र वसन्तको कथा', देवकुमारी थापाको 'भविष्य निर्माण', र बदरीनाथ भट्टराईको 'खड्गबहादुर' कथा एवम् गणेशप्रसाद भट्टराईको निबन्ध 'हाम्रो देश ः हाम्रा अतिथि', समावेश गरिएको छ । त्यस्तै, कक्षा १० को पाठ्यक्रममा भानुभक्त आचार्यको 'प्रश्नोत्तर', माधव घिमिरेको 'वैशाख', भूपी शेरचनको 'सहिदको सम्झनामा' कविता, गुरुप्रसाद मैनालीको 'कर्तव्य', विश्वेश्वरप्रसाद कोइरालाको 'दोषी चस्मा', बदरीनाथ भट्टराईको 'न्यायको पक्षमा', कथा, भैरव अर्यालको 'जयभोलि', निबन्ध र भीमनिधि तिवारीको 'घरको माया' एकाङ्की समावेश गरिएको छ । त्यस्तै, जीवनीअन्तर्गत गोरखापत्रका सम्पादक तथा लेखक 'जयपृथ्वीबहादुर सिंह' र किराँत भाषासंस्कृतिका अन्वेषक 'इमानसिंह चेमजोङ' का जीवनी पनि पाठ्यक्रममा समावेश भएका छन् ।

घ) उच्च माध्यमिक तहमा नेपाली साहित्य अध्ययन

१) अनिवार्य नेपालीअन्तर्गत

उच्च माध्यमिक तह कक्षा ११ को मानविकी, शिक्षा, व्यवस्थापन सङ्काय तथा कक्षा १२ को विज्ञान सङ्कायमा अनिवार्य नेपालीको पाठ्यक्रममा पनि विभिन्न साहित्यिक रचना/कृतिको अध्ययन गर्नुपर्दछ ।

जसमा माधव घिमिरेको 'नेपालै नरहे', दिनेश अधिकारीको 'हर्कबहादुर', पारिजातको 'मानुषी', भूपी शेरचनको 'मेरो देश', कृष्णसेन इच्छुकको 'कान्छी भट्टी र मेरो देश' कविता, गुरुप्रसाद मैनालीको 'छिमेकी', रमेश विकलको 'मधुमालतीको कथा', इन्द्रबहादुर राईको 'रातभरि हुरी चल्यो', विश्वेश्वरप्रसाद कोइरालाको 'शत्रु', भवानी भिक्षुको 'हारजीत', कथा लक्ष्मीप्रसाद देवकोटाको 'भलाद्मी', श्यामप्रसाद शर्माको 'आइमाई साथी', सुधा त्रिपाठीको 'म फूल लिएर आउनेछु', भैरव अर्यालको 'आलु', डा. तीर्थबहादुर श्रेष्ठको 'खाद्य सङ्कट र जैविक विविधता', निबन्ध त्यस्तै विजय मल्लको नाटक 'बौलाहाकाजीको सपना', बालकृष्ण समको एकाङ्की 'नालापानीमा', र हृदयचन्द्रसिंह प्रधानको उपन्यास 'एक चिहान' लाई पनि समावेश गरिएको छ ।

२) ऐच्छिक नेपालीअन्तर्गत

उच्च माध्यमिक तहको मानविकी र शिक्षाशास्त्र सङ्कायअन्तर्गत कक्षा ११ र १२ मा नेपाली साहित्यको विशिष्ट अध्ययन हुने गर्दछ ।

अ) कक्षा ११ को मानविकी/शिक्षा सङ्कायअन्तर्गत ऐच्छिक नेपालीमा

कक्षा ११ को मानविकी/शिक्षाशास्त्र सङ्कायमा ऐच्छिक नेपालीअन्तर्गत कथा, निबन्ध, उपन्यास अध्ययन गर्नुपर्दछ । जसअन्तर्गत गुरुप्रसाद मैनालीको 'नासो', विश्वेश्वरप्रसाद कोइरालाको 'दोषी चस्मा', रुपनारायण सिंहको 'बितेका कुरा', पुष्कर शमसेरको 'लोग्ने', गोविन्दबहादुर मल्ल 'गोठाले'को 'लक्ष्मी पूजा' रमेश विकलको 'लाहुरी भैंसी', इन्द्रबहादुर राईको 'जयमाया आफूमात्र लिखापानी आइपुगी', माया ठकुरीको 'मृगतृष्णा', परशु प्रधानको 'छिँडीभरिको आकाश', कथा त्यस्तै लक्ष्मीप्रसाद देवकोटाको 'पहाडी जीवन', हृदयचन्द्रसिंह प्रधानको 'जुँगा', केशवराज पिँडालीको 'खै खै', रामकृष्ण शर्माको 'सगरमाथामा तेनजिङ', शङ्कर लामिछानेको 'औपन्यासिक पात्र जीवनको पृष्ठभूमिमा', अच्छा राई रसिकको 'भूँडी', श्यामप्रसाद शर्माको 'एकघण्टा बिताउने', डा. ताना शर्माको 'राष्ट्रियताको ज्योति हुलाक घर', भैरव अर्यालको 'अमरावती कान्तिपुरी नगरी' निबन्ध एवम् रुद्रराज पाण्डेको 'रुपमती र लैनसिंह बाङ्देलको 'माइतीघर' उपन्यास पनि पाठ्यक्रममा समावेश गरिएका छन् ।

आ) कक्षा १२ मानविकी/शिक्षा सङ्कायअन्तर्गत ऐच्छिक नेपालीमा

कक्षा १२ को मानविकी, शिक्षा सङ्कायअन्तर्गत ऐच्छिक नेपाली विषयको पाठ्यक्रममा कविता, नाटक, एकाङ्की र खण्डकाव्य समावेश गरिएको छ ।

कवितातर्फ भानुभक्त आचार्यको 'प्रश्नोत्तर', मोतीराम भट्टको 'मलाई हिजोसम्म क्या क्या छकाए', लेखनाथ पौड्यालको 'हिमाल', धरणीधर कोइरालाको 'साहित्यसुधा', बालकृष्ण समको 'म पनि द्यौता मान्छु', लक्ष्मीप्रसाद देवकोटाको 'भिखारी', सिद्धिचरण श्रेष्ठको 'ओखलढुङ्गा', गोपालप्रसाद रिमालको 'आमाको सपना', माधवप्रसाद घिमिरेको 'नवयुवक', केदारमान व्यथितको 'सिपाही', अगमसिंह गिरीको 'नचिनिने भएछौं', भूपी शेरचनको 'मैनवत्तीको शिखा', विजय मल्लको 'छोरीलाई मानचित्र पढाउँदा', मोहन कोइरालाको 'सारङ्गी', भरतराज पन्तको 'मेघविजुली विवाह', हरिभक्त कटुवालको 'यो जिन्दगी खै के जिन्दगी', दिनेश अधिकारीको 'हट घोडा हट', समाविष्ट छन् भने खण्डकाव्यअन्तर्गत लक्ष्मीप्रसाद देवकोटाको 'मुनामदन', माधवप्रसाद घिमिरेको 'राष्ट्रनिर्माता' र सिद्धिचरण श्रेष्ठको 'आँसु' रहेका छन् । त्यस्तै, बालकृष्ण समको 'मुकुन्दइन्दिरा', भीमनिधि तिवारीको 'माटोको माया', विजय मल्लको 'कोही किन बरबाद होस्' नाटक र हृदयचन्द्रसिंह प्रधानको 'खैराँती मास्टर', गोविन्दबहादुर मल्ल 'गोठाले'को 'म कसरी

हार्छु ?', फणिन्द्रराज खेतालाको 'फिउज गएको इज्जत', र मनबहादुर मुखियाको 'अँध्यारामा बाँच्नेहरू' एकाङ्की पनि पाठ्यक्रममा समावेश भएका छन् ।

ङ) स्नातक तहमा अनिवार्य नेपालीअन्तर्गत साहित्यको अध्ययन

स्नातक तह मानविकी तथा शिक्षाशास्त्र सङ्कायमा प्रथम वर्षमा अनिवार्य नेपालीअन्तर्गत विभिन्न स्रष्टाका साहित्यिक रचना/कृति पठनपाठन हुने गरेको छ ।

अ) तीन वर्षे (बी.एड.) स्नातक शिक्षाशास्त्र सङ्काय

तीन वर्षे शिक्षाशास्त्र सङ्कायअन्तर्गत नेपाली विषयको पाठ्यक्रममा गुरुप्रसाद मैनालीको 'सहिद', विश्वेश्वरप्रसाद कोइरालाको 'एकरात', भवानी भिक्षुको 'माउजङ बाबुसाहेबको कोट', इन्द्रबहादुर राईको 'हामीजस्तै मैनाकी आमा', रमेश विकलको 'मेरी सानी भतिजी प्रतिमा' र मनु ब्राजाकीको 'मार्‍यो च्याङ्वा मार्‍यो', कथा समेटिएको छ । त्यस्तै, कवितातर्फ लेखनाथ पौड्यालको 'कालमहिमा', सिद्धिचरण श्रेष्ठको 'विश्वकथा', लक्ष्मीप्रसाद देवकोटाको 'पागल', माधवप्रसाद घिमिरेको 'घामपानी' र भूपी शेरचनको 'नयाँ वर्ष' समावेश छन् । यसैगरी लक्ष्मीप्रसाद देवकोटाको निबन्ध 'शिक्षा', शङ्कर लामिछानेको 'जीवन एक प्राध्यापक', ताना शर्माको 'वक्ताहरूको कुनो', कृष्णचन्द्रसिंह प्रधानको 'मेरो यात्रा टुकुचादेखि विष्णुमतिसम्म', शारदा शर्माको 'सुखसत्ता', निबन्ध पनि समावेश भएका छन् । एकाङ्कीतर्फ बालकृष्ण समको 'भत्तेर', विजय मल्लको 'सत्ताको खोजमा' र उपन्यासअन्तर्गत पद्मावती सिंहको 'समानान्तर आकाश' रहेको छ ।

आ) तीन वर्षे स्नातक मानविकी सङ्काय

स्नातक तह तीन वर्षे मानविकी सङ्कायअन्तर्गत अनिवार्य नेपालीको पाठ्यक्रममा विभिन्न स्रष्टाका साहित्यिक रचनालाई समावेश गरिएको छ । जसमध्ये कविताअन्तर्गत लक्ष्मीप्रसाद देवकोटाको 'पागल', गोपालप्रसाद रिमालको 'आमाको सपना', माधव घिमिरेको 'यात्री', भूपी शेरचनको 'हामी', वैरागी काइँलाको 'हाट भर्ने मानिस', दुर्गालाल श्रेष्ठको 'मनको दैलो', धीरेन्द्र प्रेमषिर्को 'मूलै खामो भत्केको यो काठेघर फाल्नुपर्‍यो' छन् ।

त्यस्तै, कथाअन्तर्गत गुरुप्रसाद मैनालीको 'परालको आगो', विश्वेश्वरप्रसाद कोइरालाको 'एक रात', भवानी भिक्षुको 'त्यो फेरि फर्कँला ?', भागिरथी श्रेष्ठको 'भूमिगत' ऋषिराज बरालको 'पछबरिया टोल' र महेशविक्रम शाहको 'गाउँमा गीतहरू गुन्जिदैनन्' छन् । यसैगरी निबन्धमा लक्ष्मीप्रसाद देवकोटाको 'के नेपाल सानो छ ?', शङ्कर लामिछानेको 'एक पत्र सम्पादकलाई', कृष्णचन्द्रसिंह प्रधानको 'मेरो यात्रा टुकुचादेखि विष्णुमतिसम्म', भैरव अर्यालको 'टाउको', ताना शर्माको 'हिडिम्बा नर्सरीदेखि जुँगे दरबारसम्म', जगदीश घिमिरेको 'स्वभाव' समावेश छन् । विजय मल्लको एकाङ्की 'पुरानको हराएको पाना', सरुभक्तको नाटक 'इथर' र पद्मावती सिंहको उपन्यास 'समानान्तर आकाश' लाई समावेश गरिएको छ ।

च) स्नातक तहमा ऐच्छिक नेपाली विषयमा साहित्य अध्ययन

स्नातक तहको मानविकी र शिक्षाशास्त्र सङ्कायमा ऐच्छिक नेपाली विषयअन्तर्गत विभिन्न स्रष्टाको रचना/कृतिको विशिष्ट अध्ययन हुने गरेको छ ।

१) शिक्षाशास्त्र सङ्काय प्रथम वर्षको पाठ्यक्रममा ः तीनवर्षे स्नातक शिक्षाशास्त्र सङ्कायको प्रथम वर्षको पाठ्यक्रममा नाटक, एकाङ्की र निबन्धलाई समावेश गरिएको छ ।

नाटकअन्तर्गत बालकृष्ण समको 'अन्धवेग', गोपालप्रसाद रिमालको 'मसान', विजय मल्लको 'भोलि के हुन्छ', बासु शशीको 'बाँसुरीमा नअटाएका धुनहरू', छन् भने एकाङ्कीतर्फ हृदयचन्द्रसिंह प्रधानको 'मरुभूमिका लेखक', भीमनिधि तिवारीको 'भावना', गोविन्दबहादुर मल्ल 'गोठाले'को 'युगको सिकार', गोपाल पराजुलीको 'गोलार्द्धको दुई छेऊ', अशेष मल्लको 'म भनेको हामी', मोहनराज शर्माको 'अब बाँझो हुन्न' र सरुभक्तको 'निमावीय' लाई समाविष्ट गरिएको छ । त्यस्तै, निबन्धअन्तर्गत बालकृष्ण समको 'देखेको', लक्ष्मीप्रसाद देवकोटाको 'नेपाली साहित्यका सर्वश्रेष्ठ पुरुष', बदरीनाथ भट्टराईको 'देशप्रेम', हृदयचन्द्रसिंह प्रधानको 'तस्वीर', शङ्कर लामिछानेको 'एकपत्र सम्पादकलाई', केशवराज पिँडालीको 'शूरवीरको नरकयात्रा', श्यामप्रसाद शर्माको 'एकघण्टा बिताउन', भैरव अर्यालको 'भान्सा भो हजूर', कृष्णचन्द्रसिंह प्रधानको 'शव, सालिक विद्रोह', डा. ताना शर्माको 'आँसु छचल्किँदै जान्छ', देवीचन्द्र श्रेष्ठको 'ताक्लाकोटदेखि मानसरोवर',

डा. दुर्गाप्रसाद भण्डारीको 'रोम जलिरहेछ ः निरो बाँसुरी बजाइरहेछ' र युवराज नयाँघरेको 'बोलीको बगैँचा' लाई पनि पाठ्यक्रममा समेटिएको पाइन्छ ।

२) शिक्षाशास्त्र सङ्काय द्वितीय वर्षको पाठ्यक्रममा

शिक्षाशास्त्र सङ्कायअन्तर्गत दोस्रो वर्षको पाठ्यक्रममा कविता, कथा र उपन्यासलाई पनि समावेश गरिएको छ ।

कविता र काव्यअन्तर्गत यदुनाथ पोखरेलेका 'नेपालका वीर सिपाही देख्यो', भानुभक्त आचार्यको 'नीतिका कुरा', मोतीराम भट्टको 'किन चाहियो', लेखनाथ पौड्यालको 'गौँथलीको चिरिबिरी', बालकृष्ण समको 'स्वर्ग र देवता', लक्ष्मीप्रसाद देवकोटाको 'उद्बोधन', सिद्धिचरण श्रेष्ठको 'मेरो प्रतिविम्ब', युद्धप्रसाद मिश्रको 'भोका नाङ्गा उठ', माधव घिमिरेको 'वैशाख', गोपालप्रसाद रिमालको 'सान्त्वना', विजय मल्लको 'छोरीलाई मानचित्र पढाउँदा', मोहन कोइरालाको 'फर्सीको जरा', भूपी शेरचनको 'असार', वैरागी काइँलाको 'सपनाको लास ः केही टुक्रा', हरिभक्त कटुवालको 'रहर', कालीप्रसाद रिजालको 'स्वदेशको गौरव', बानिरा गिरिको 'काठमाडौँ ः गजबको ग्यालीप्रुफ', दिनेश अधिकारीको 'मान्छे ः आस्थाको अभिव्यक्ति', कृष्णभूषण बल 'पर्खनुपर्छ', श्याम तमोटको 'गाउँ गाउँबाट उठ', ज्ञानुवाकर पौड्यालको 'छाडी जाँदै छु म शहर', बूँद रानाको 'जिउँ शानसँग' र विजय सुब्बाको 'सपनाको अधीनमा' रहेका छन् । लेखनाथ पौड्यालको 'ऋतुविचार', देवकोटाको कुञ्जिनी', माधव घिमिरेको 'राजेश्वरी', मोहन कोइरालाको 'सिमसारका राजदूत' खण्डकाव्य र महाकवि देवकोटाको 'सुलोचना' साथै मोदनाथ प्रश्रतिको 'मानव' महाकाव्य समावेश गरिएको छ ।

त्यस्तै, कथातर्फ गुरुप्रसाद मैनालीको 'सहिद', पुष्कर शमशेरको 'लोग्ने', विश्वेश्वरप्रसाद कोइरालाको 'शत्रु', भवानी भिक्षुको 'सावित्रीको बाख्रो', गोविन्दबहादुर मल्ल 'गोठाले'को 'निद्रा आएन', रमेश विकलको 'लाहुरी भैंसी', इन्द्रबहादुर राईको 'एउटा विचारको यात्रापथ', प्रेमा शाहको 'पहेँलो गुलाफ', मदनमणि दीक्षितको 'ग्यासच्याम्बरको मृत्यु', मनु ब्राजाकीको 'एकान्त', पारिजातको 'सिटीहलको एउटा बूढो ज्यामी', प्रदीप नेपालको 'थैले खत्रीको इतिहास', भागिरथी श्रेष्ठको 'चुनौती', इस्मालीको 'माछोमाछो भ्यागुतो' रहेका छन् । यसैगरी, लैनसिंहको 'मुलुकबाहिर', पारिजातको 'शिरिषको फूल', विश्वेश्वरप्रसाद कोइरालाको 'नरेन्द्र दाइ', दौलतविक्रम विष्टको 'भोक र भित्ताहरू', ध्रुवचन्द्र गौतमको 'उपसंहार अर्थात् चौथो अन्त्य', र होमनाथ सुवेदीको 'यमपुरीको महल', उपन्यासलाई पाठ्यक्रममा समावेश गरिएको छ ।

३) मानविकी सङ्काय प्रथम वर्षको पाठ्यक्रममा

तीनवर्षे स्नातक तहको मानविकी सङ्कायको प्रथम वर्षको ऐच्छिक नेपालीमा कथा, उपन्यास र नाटकलाई समेटिएको छ । कथाअन्तर्गत विश्वेश्वरप्रसाद कोइरालाको 'मधेशतिर' गुरुप्रसाद मैनालीको 'सहिद', भवानी भिक्षुको 'सावित्रीको बाख्रो', गोविन्दबहादुर मल्ल 'गोठाले' को 'मैले सरिताको हत्या गरेँ' विजय मल्लको 'प्रवेशनिषिद्ध देशमा', इन्द्रबहादुर राईको 'खीर', रमेश विकलको 'फुटपाथ मिनिस्टर्स,' पारिजातको 'सिटीहलको एउटा बूढो ज्यामी', प्रेमा शाहको 'लोग्ने', मनु ब्राजाकीको 'मार्‍यो च्याङ्वा मार्‍यो', अनि उपन्यासतर्फ लैनसिंह बाङ्देलको 'मुलुकबाहिर', विश्वेश्वरप्रसाद कोइरालाको 'तीनघुम्ती', पारिजातको 'शिरीषको फूल', दौलतविक्रम विष्टको 'चपाइएका अनुहार', ध्रुवचन्द्र गौतमको 'अलिखित' रहेका छन् ।

यसैगरी नाटकतर्फ बालकृष्ण समको 'अन्धवेग', गोपालप्रसाद रिमालको 'मसान', विजय मल्लको 'मानिस र मखुन्डो', एकाङ्कीतर्फ हृदयचन्द्रसिंह प्रधानको 'गङ्गालालको चिता', भीमनिधि तिवारीको 'साँढे', गोविन्दबहादुर मल्ल 'गोठाले'को 'क्रान्तिको पृष्ठभूमि', अशेष मल्लको 'हामी वसन्त खोजिरहेछौँ', सरुभक्तको 'निमावीय' र माधव घिमिरेको गीतिनाटक 'देउकी' पनि पाठ्यक्रममा समावेश गरिएको छ ।

४) मानविकी सङ्कायको दोस्रो वर्षको पाठ्यक्रममा

स्नातक तहको दोस्रो वर्षको पाठ्यक्रममा कविता, गीत/गजल, खण्डकाव्य, महाकाव्य, नाटक, उपन्यास, निबन्ध आदि समावेश भएको पाइन्छ ।

पूर्व आधुनिक नेपाली कविताअन्तर्गत सुवानन्द दासको 'पृथ्वीनारायण', उदायानन्द अज्र्यालको 'पृथ्वीन्द्रोदय' यदुनाथ पोखर्‍यालको 'स्तुतिपद्य -१', वसन्त शर्माको 'श्रीकृष्ण चरित्र', ज्ञानदिलदासको 'उदयलहरी', भानुभक्त आचार्यको 'रामायण अयोध्याकाण्ड', लेखनाथ पौड्यालको 'गौँथलीको चिरिबिरी', बालकृष्ण समको 'मृत्युपछिको अभिव्यञ्जना', लक्ष्मीप्रसाद देवकोटाको 'पागल', सिद्धिचरण श्रेष्ठको 'मेरो प्रतिविम्ब', युद्धप्रसाद मिश्रको 'ज्वालामुखीको शिखा', गोपालप्रसाद रिमालको 'सपनामा', भूपी शेरचनको 'घुम्ने मेचमाथि अन्धो मान्छे', मोहन कोइरालाको 'घाइते युग', वैरागी काइँलाको 'मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित', ईश्वरवल्लभको 'रिक्तताको देवता हेर्न मन लाग्यो', बानिरा गिरिको 'काठमाडौँ एउटा ग्यालीप्रुफ' लाई समावेश गरिएको छ भने गीतगजलअन्तर्गत मोतीराम भट्टको 'म यसो भनूँ कि उसो भनूँ', लौ लौ औँठी म दिन्छु', लक्ष्मीदत्त पन्तको 'कि ऊ जानोस् कि मै जानूँ', माधवप्रसाद घिमिरेको 'गाउँछ गीत नेपाली', गोकुल जोशीको 'जीवनगीत', क्षेत्रप्रताप अधिकारीको 'लालीगुराँस', रत्नशमशेर थापाको 'आँखै रात गली', कालीप्रसाद रिजालको 'आँखा छोपी नरोऊ भनी', उपेन्द्रबहादुर जिगरको 'इसारा गरी गरी', ललिजन रावलको 'नखोलेरै राखिएको' र ज्ञानुवाकर पौडेलको 'ओइली झरेछ फूल' रहेका छन् ।

महाकाव्यअन्तर्गत देवकोटाको 'सुलोचना' खण्डकाव्यअन्तर्गत उनकै 'कुञ्जिनी', बालकृष्ण समको 'आगो र पानी', मोहन कोइरालाको 'हिमाल आरोहण माग्छ', लामो कविता, बासुदेव त्रिपाठीको 'अर्धनारीश्वर' रहेका छन् । त्यस्तै, नाटकअन्तर्गत पहलमानसिंह स्वाँरको 'अटलबहादुर', शम्भुप्रसाद ढुङ्गेलको 'शाकुन्तलको छोरीको विदाइ' नाट्यांश मोतीराम भट्टको 'प्रियदर्शिका', चक्रपाणि चालिसेको 'सङ्क्षिप्त रामायण अयोध्याकाण्ड', पनि पाठ्यक्रममा समावेश छन् । गिरिशवल्लभ जोशीको 'वीरचरित्र', उपन्याससहित प्राथमिककालीन गद्य पृथ्वीनारायण शाहको 'दिव्योपदेश', 'जङ्गबहादुरको बेलाइत यात्रा', र 'मुन्सीका तीन आहान' पनि पाठ्यक्रममा समाविष्ट छन् ।

यसैगरी लक्ष्मीप्रसाद देवकोटाको 'शिक्षा', शङ्कर लामिछानेको 'जीवन एक प्राध्यापक', बालकृष्ण पोखरेलको 'हात्तीका दुई खाले दाँत', भैरव अर्यालको 'अन्तर्राष्ट्रिय भ्यागुता सम्मेलन', मोदनाथ प्रश्रतिको 'मृत्युसँगको जम्काभेट', राममणि रिसालको 'दुःख किन दुख्ने गर्छ', विश्वेश्वरप्रसाद कोइरालाको 'आफ्नो कथा', बालकृष्ण समको 'मेरो कविताको आराधना', देवीचन्द्र श्रेष्ठको 'बैकिनीका आँसुमा डुब्छ बयलपाटा', चूडामणि बन्धुको 'मेरो जन्म हुँदा महोत्सव थियो', दुर्गाप्रसाद भण्डारीको 'श्लेषमान्तक वनभित्र', पारिजातको 'एउटा चित्रमय सुरुवात' (संस्मरण) र महानन्द सापकोटासँगको अन्तर्वार्ता पनि पाठ्यक्रमभित्र अटेका छन् ।

५) मानविकी सङ्कायको तेस्रो वर्षको पाठ्यक्रममा

स्नातक तह तेस्रो वर्षको पाठ्यक्रमको पाँचौँपत्रमा विधागत विशेष अध्ययनअन्तर्गत नेपाली कविता र काव्य, आख्यान, नाटक/गीतिनाटक, निबन्ध, नेपाली बालसाहित्य र भारतीय नेपाली साहित्यलाई समेटिएको छ ।

नेपाली कविताअन्तर्गत भरतराज पन्तको 'मृत्यु', भानुभक्त पोखरेलको 'देशभक्ति', कृष्णभक्त श्रेष्ठको 'अभिशप्त मान्छे', शैलेन्द्र साकारको 'सर्पहरू गीत सुन्दैनन्', रामचन्द्र भट्टराईको 'काली', तोया गुरुङको 'धेरै टाढाकी प्रियतमालाई', मन्जु काँचुलीको 'अभ्यास', विमल निभाको 'आज राति आकाश', विश्वविमोहन श्रेष्ठको 'नानीहरू आकाशको निर्माणमा लाग्नेछन्', विमल कोइरालाको 'ग्रन्थसूची', विष्णुविभु घिमिरेको 'हरायो', हेमन्त श्रेष्ठको 'विद्रोह बोल्छ ढुङ्गा', पूर्णविरामको 'गोविन्दले ठीक भन्यो', उषा भट्टचनको 'महत्त्वाकाङ्क्षा र निरन्तरता रितिंदै छ बूढो सारङ्गीजस्तै', फणिन्द्र नेपालको 'मृत्युसत्ता', विक्रम सुब्बाको 'तिमी को हौँ ?, 'आहुतिको 'गहुँगोरो अपि|mका', रमेश श्रेष्ठको 'बुद्धको नाममा-२', प्रहृलाद पोखरेलको 'युवा', श्रवण मुकारुङको 'बिसे नगर्चीको वयान', विप्लव ढकालको 'कालो मध्यान्तर' लाई समेटिएको छ भने खण्डकाव्य/महाकाव्यअन्तर्गत घनश्याम कँडेलको 'देवयानी', दिनेश अधिकारीको 'इन्द्रजात्रा', सरुभक्तको 'पुरुष', कृष्णसेन इच्छुकको 'बन्दी र चन्द्रागिरि' रहेका छन् । त्यस्तै दुर्गालाल श्रेष्ठको 'फूलको आँखामा', दैवज्ञराज न्यौपानेको 'आँखा बग्छन् पानी', राजेन्द्र थापाको 'पोहोर साल खुसी फाट्यो', कृष्णहरि बरालको 'कता पुग्नुपर्ने कता गइरहेछु', श्याम तमोटको 'गाउँ गाउँबाट उठ', गीत र धीरेन्द्र प्रेमषिर्को 'गजल नं. २७', बूँद रानाको 'गरिबको खुन बरै', गोपाल अश्कको 'आशै आशमा यो जिन्दगानी', गजल समावेश गरिएका छन् ।

त्यस्तै, इन्द्रबहादुर राईको 'कठपुतलीको मन', कुमार ज्ञवालीको 'वैभवको पीडा', परशु प्रधानको 'सीताहरू-२३', माया ठकुरीको 'उसको कथा', हरिहर खनालको 'बमको छिर्का', खगेन्द्र सङ्ग्रौलाको 'सङ्ग्रामबहादुर सार्की', जगदीश घिमिरेको 'मान्छेको छाउरो', भाउपन्थीको 'सत्ताच्युत', भुवन ढुङ्गानाको 'प्रत्यक्षदर्शी, भागीरथी श्रेष्ठको 'मातृत्वको चित्कार', सनत रेग्मीको 'लक्षमनियाँको गौना', ध्रुव सापकोटाको 'चित्कार', किशोर पहाडीको 'स्वर्गमा समस्या', इस्मालीको 'माछो माछो भ्यागुतो', नारायण ढकालको 'इरफान अली', ऋषिराज बरालको 'खत्रीबालाई आजभोलि निद्रा लाग्दैन', सीता पाण्डेको 'चिसिँदै गएका आस्थाहरू', इन्दिरा प्रसाईंको 'बिहेको बाजा', गोरखबहादुर सिंहको 'सरल रेखा', कथा त्यस्तै डायमन शमशेरको 'अन्तर्द्वन्द्व' पारिजातको 'अनिदो पहाडसँगै' राजेश्वर देवकोटाको 'द्वन्द्वको अवसान' धुव्रचन्द्र गौतमको 'घुर्मी', नयनराज पाण्डेको 'उलार' कृष्ण धरावासीको 'शरणार्थी' उपन्यास पाठ्यक्रममा समावेश छन् ।

नाटकतर्फ विजय मल्लको 'भित्तेघडी', मनबहादुर मुखियाको 'भन् तँ को होस् ?', मोहनराज शर्माको 'बैकुण्ठ एक्सप्रेस', ध्रुवचन्द्र गौतमको 'समानान्तर' बासु शशीको 'आमा कहिल्यै मर्दिन', गोपाल पराजुलीको 'गोलार्द्धको दुई छेउ', शिव अधिकारीको 'सिंहासन', सरुभक्तको 'मलामी', अविनाश श्रेष्ठको 'समय, समय अनि समय', अभि सुवेदीको 'आरुका फूलका सपना', गोपी सापकोटाको 'सडक', कृष्ण शाह यात्रीको 'निर्वासित मनहरू' र गीति नाटकअन्तर्गत माधव घिमिरेको 'हिमालवारि हिमालपारि' र रायनको 'सिम्मा' लाई पाठ्यक्रममा राखिएको छ ।

त्यस्तै, निबन्ध, यात्रासंस्मरण, दैनिकीलाई पनि पाठ्यक्रममा समावेश गरिएको छ । निबन्धअन्तर्गत मदनमणि दीक्षितको 'दोवोदास र शम्बर', कमल दीक्षितको 'उखान मिलेन', राममणि रिसालको 'नयाँ वर्ष', तेजेश्वरबाबु ग्वंगको 'पानी आफैँ सतहमा रहन्छ', श्रीधर खनालको 'तपाईं भयभीत हुनुहुन्छ', राजेन्द्र सुवेदीको 'म हुँ औँला नकाटिएको एकलव्य', रुद्र खरेलको 'आषाढस्य प्रथम दिवसे', महेश्वर रायको 'सीताको', नरेन्द्रराज पौडेलको

'उर्दीको कोट', चोलेश्वर शर्माको 'राजधानी त सधैँ गजेटेड छ', विमल निभाको 'कीरा', माधवप्रसाद घिमिरेको 'वरुणको रगत', मुन पौडेको 'बतौरे र फतौरे', शारदा शर्माको 'अंशयुद्ध', युवराज नयाँघरेको 'हिमाललाई पानीको तिर्खा', सुधा त्रिपाठीको 'अमर सिर्जना', समाविष्ट छन् भने ताना शर्माको 'आँसु छचल्किँदै जान्छ', रमेश विकलको 'चुडिकम न्यान्सनकी निशाचरी', कृष्णप्रसाद पराजुलीको 'हरिभक्तसँगको भेटघाट', धच गोतामेको 'आफ्नो माटोको सुगन्ध', घनश्याम राजकणिर्कारको 'लालदरबार क्याम्पा र बाल्यजीवन', निर्मोही व्यासको 'धरतीहरूसित साक्षात्कार', भीष्म उप्रेतीको 'स्निग्ध, पवित्र कोमल ः मानसरोवरको जल', यात्रा संस्मरणलगायत विश्वेश्वरप्रसाद कोइरालाको 'जेल जर्नल ०१८/८/१० को दैनिकी', भरतराज पन्तको 'आत्मपुराण पृ. १८', घटराज भट्टराईको 'कृष्णप्रसाद रेग्मी', नरेन्द्रराज प्रसाइँको 'कोइलीदेवी', नेत्र एटमको 'रुसी परिवेशमा नेपाली प्रतिबिम्बमा कृष्णप्रकाश श्रेष्ठसँगको निवार्ता', दुर्गाप्रसाद भण्डारीको 'गहन प्रेममा पनि इतिहास पराजित हुन्छ', र गोविन्दराज भट्टराईको 'हङकङको पृष्ठभूमि र प्रकाशन दैनिकी'लाई पाठ्यक्रममा समावेश गरिएको छ ।

यसैगरी नेपाली बालसाहित्यअन्तर्गत बालकविता, बालकथा, बालउपन्यास, बालनाटक बालनिबन्ध पनि पाठ्यक्रममा समावेश भएका छन् । बालकविता/काव्यअन्तर्गत नानीका गीतबाट 'के कसरी कराउँछ', 'कुखुरी काँ', घामपानी', 'जब पुग्यो', लेखनाथ पौड्यालको 'हिउँदको दिन,', 'तिहार', लक्ष्मीप्रसाद देवाकोटाका 'सुनको बिहान', 'किताब चरो', माधव घिमिरेका 'नदी', 'सुनपङ्खी चरी', दैवज्ञराज न्यौपानेका 'जयदेश, जयनेपाल', 'देखासिकी', दुर्गालाल श्रेष्ठको 'सन्तको छावा', रामबाबु सुवेदीको 'पानीपानी', कृष्णप्रसाद पराजुलीको 'जूनतारा', बालकथाअन्तर्गत बालकोसेली भाग १ बाट 'तीनओटा खरायोको कथा', 'घमण्डी कुखुरा', देवकुमारी थापाको 'सुनपखेटी चरी', सुरेको 'सलाई', रमेश विकलका 'हिउँदको छुट्टी', बत्तीवर पुतली', कल्पना प्रधानका 'दाउरेको छोरो', बादलसाथी', देवीप्रसाद वनवासीका 'बलभन्दा बुद्धि ठूलो, किसानको छोरो', जनकप्रसाद हुमागाइँका 'पहराको छोरो, सातदिने सभा', विश्वम्भर चञ्चलको 'जादूको बाकस', ध्रुव घिमिरेका 'खुट्टा तान्ने खेल' पनि समावेश भएका छन् । त्यस्तै, प्रेमा शाहको 'आनन्दको आविष्कार' कवितारामको 'अनौठो यात्रा', बाल उपन्यास, रमेश विकलको 'सिद्धार्थको करुणा', अब तिमी नरोऊ किरण', शारदारमण नेपालको 'खलाँती बाजे, अठोट' बालनाटक र शान्तदास मानन्धरको 'पानीको निबन्ध', चूडामणि बन्धुको 'मोतीरामको जीवनी', रामेश श्रेष्ठको 'मैले बिर्सन नसकेको साथी' र तेजप्रकाश श्रेष्ठको 'घुम्न जाउँ ल झुण्डिएको बगैँचा र मृगको पाठो उफ्रँदै बाल निबन्ध पनि समावेश छ ।

त्यस्तै, स्नातक तहमा भारतीय नेपाली साहित्यको विशिष्ट अध्ययन पनि हुने गरेको छ । कविता, कथा, उपन्यास, नाटक, निबन्ध र समालोचना शीर्षकमा विभिन्न भारतीय नेपाली स्रष्टाका रचनालाई पाठ्यक्रममा समेटिएको छ । कविताअन्तर्गत पुष्पलाल उपाध्यायको 'उषालहरी', अगमसिंह गिरीको 'युद्ध र योद्धा', हरिभक्त कटुवालको 'मलाई नसोध कहाँ दुख्छ घाउ' (गीत), वीरेन्द्र सुब्बाको 'यो एउटा दिन', जीवन थिङको 'म बैतलम शहरको हिपोटामस', युद्धवीर राणाको 'चिहान नपाएका तक्माहरू', विकास गोतामेको 'सोच मेरी चेलीहरू सोच', गिमी शेर्पाको 'वासिलिङ्मा बुद्धलाई देखेपछि', तुलसीराम शर्मा कश्यपको 'आमा' महाकाव्य, निर्दोन रुम्बा 'एउटा किताब पढ्न बाँकी नै थियो', र नोज्र्याङ स्याङ्देनको 'एकथोक हराएको दिनलाग्छ ः यो दिन', समावेश छन् भने कथाअन्तर्गत रुपनारायण सिंहको 'बितेका कुरा', इन्द्रबहादुर राईको 'हामीजस्तै मैनाकी आमा', शिवकुमार राईको 'कस्तो मानिस', सानुलामाको 'अपराजित', मल्टिदा राईको 'टोटोलाको फूल' रहेका छन् । लीलबहादुर क्षेत्रीको 'ब्रह्मपुत्रको छेउछाउ' र अर्जुन निरौलाको 'शिशिरको बतास' उपन्यासहरू पनि समावेश गरिएका छन् । त्यस्तै, नन्द हाङखिमको 'युद्धहरू', शरद क्षेत्रीको 'आदि सङ्घर्ष', पूर्ण गुरुङको 'निरुपम ः दैत्यराज दुर्भिक्ष', किरण ठकुरीको जय महाकाल नाटक एवम् निबन्धमा पारसमणि प्रधानको 'दुईखेप जात गयो', वेदनिधि शर्माको 'जातीय रोगको अचूक औषधी', कृष्णप्रसाद ज्ञवालीको 'वसन्त बेला' अच्छा राई 'रसिकको बसुधैव कुटुम्बकम', रामलाल अधिकारीको 'मेरो सिद्धान्तविहीन सिद्धान्त', कुमार प्रधानको 'ऐतिहासिक दस्तावेज' (आत्मकथा) र राजनारायण प्रधानको 'नौ नामी नेता' सहित समालोचना समावेश छन् ।

६) स्नातकोत्तर तहमा नेपाली साहित्यको अध्ययन

मानविकी/शिक्षाशास्त्र सङ्कायअन्तर्गत स्नातकोत्तर तहको प्रथम र द्वितीय वर्षमा नेपाली साहित्यको विशिष्ट अध्ययन हुने गरेको छ ।

अ) शिक्षाशास्त्र सङ्काय प्रथम वर्षमा ः

शिक्षाशास्त्र सङ्काय प्रथम वर्षको पाठ्यक्रममा कथा, उपन्यास, नाटक, एकाङ्की, निबन्ध, कविता खण्डकाव्य, महाकाव्य गीतिकाव्यहरू समेटिएका छन् । कथाअन्तर्गत गुरुप्रसाद मैनालीको 'परालको आगो', विश्वेश्वरप्रसाद कोइरालाको 'श्वेत भैरवी', भवानी भिक्षुको 'मैयाँ साहेव', रमेश विकलको 'सिँगारी बाख्रो', इन्द्रबहादुर राईको 'त्यसरी बाँचेको छ त्यसरी नै', पारिजातको 'साल्गीको बलात्कृत आँसु', मनु ब्राजाकीको 'गुरुचेला र माकुराको जालो', माया ठकुरीको 'आमा ! जानुहोस्', महेशविक्रम शाहको 'बधशालामा बुद्ध' छन् । उपन्यासअन्तर्गत लैनसिंह वाङदेलको 'लङ्गडाको साथी', विश्वेश्वरप्रसाद कोइरालाको 'तीन घुम्ती', ध्रुवचन्द्र गौतमको 'अलिखित' लाई पाठ्यक्रममा समावेश गरिएको छ । त्यस्तै, बालकृष्ण समको 'भीमसेनको अन्त्य', गोपालप्रसाद रिमालको 'यो प्रेम' विजय मल्लको 'स्मृतिको पर्खालभित्र', सरुभक्तको 'असमय अमौसम' नाटकलगायत पुष्कर शमशेरको 'लक्ष्यहीन', गोविन्दबहादुर मल्ल गोठालेको 'आत्मदर्शन', अशेष मल्लको 'हामी वसन्त खोजिरहेछौं' एकाङ्की साथै लक्ष्मीप्रसाद देवकोटाको 'कला र जीवन', शङ्कर लामिछानेको 'एब्स्ट्रयाक्ट चिन्तन प्याज', कृष्णचन्द्रसिंह प्रधानको 'डरको छायाँमा रोवोटको जन्म', भैरव अर्यालको 'केही राष्ट्रिय रोग ः एक अनुसन्धान', ताना शर्माको 'नमस्ते', देवीचन्द्र श्रेष्ठको 'इतिहासको पदचाप', जगदीश घिमिरेको 'समय' र माधवप्रसाद पोखरेलको 'वरुणको रगत' निबन्धलाई पाठ्यक्रममा राखिएको छ ।

त्यस्तै, लक्ष्मीप्रसाद देवकोटाको महाकाव्य 'शाकुन्तल', माधव घिमिरेको गीतिनाटक 'अश्वत्थामा', सिद्धिचरण श्रेष्ठको 'उर्वशी', र जगदीशशमशेर राणाको 'नरसिंह अवतार' खण्डकाव्य साथै लेखनाथ पौड्यालको 'पिंजराको सुगा', बालकृष्ण समको 'मेरो नुहाउने कोठा', लक्ष्मीप्रसाद देवकोटाको 'ज्वरशमना प्रकृति', माधव घिमिरेको 'काली गण्डकी', गोपालप्रसाद रिमालको 'प्रति ३', मोहन कोइरालाको 'म सम्झन्छु', वैरागी काइँलाको 'पर्वत' र उषा शेरचनको 'निश्चिन्त भएर बाँच्ने बेला होइन यो' कविता पाठ्यक्रममा छन् ।

आ) मानविकी सङ्काय प्रथम वर्षमा

स्नातकोत्तर तहमा मानविकी सङ्कायअन्तर्गत नेपाली विशिष्ट अध्ययनका क्रममा कविता, खण्डकाव्य, गीत/गजल, नाटक, गद्यरचनालाई पनि पाठ्यक्रममा समावेश गरिएको छ ।

कविताअन्तर्गत लेखनाथ पौड्यालको 'पिंजराको सुगा', बालकृष्ण समको 'स्वर्ग र देवता', लक्ष्मीप्रसाद देवकोटाको 'हुरीको गीत', शाहजहाँको इच्छा', माधव घिमिरेको 'दुलही कञ्जनजङ्घा, परन्तु यौटै मूर्तिमा विराट', मोहन कोइरालाको 'फर्सीको जरा', वैरागी काइँलाको 'पर्वत', र ईश्वरबल्लभको 'बाँकी अर्चना', छन् । त्यस्तै, नाटकमा गोपालप्रसाद रिमालको 'यो प्रेम', विजय मल्लको 'पत्थरको कथा', गोविन्दबहादुर मल्ल 'गोठाले'को 'भोको घर', मोतीराम भट्टको 'प्रियदर्शिका', शम्भुप्रसाद ढुङ्ग्यालको 'शकुन्तला', पहलमानसिंह स्वारको 'अटलबहादुर' समावेश गरिएको छ । यसैगरी मोतीरामको 'पिकदूत' खण्डकाव्य, दिनको पचास' गजल, लक्ष्मीदत्त पन्तको 'कि ऊ जानोस् कि मै जानु', शम्भुप्रसाद ढुङ्ग्यालको 'चन्द्रोदय दर्शन', हरि सताउँछ' गीत/गजललाई पनि समावेश गरिएको छ । यसैगरी गद्यअन्तर्गत पृथ्वीनारायणको 'दिव्योपदेश', भानुदत्तको 'हितोपदेश मित्रलाभ', शक्तिबल्लभ अर्यालको 'हास्यकदम्ब', भवानीदत्त पाण्डेको 'मुद्राराक्षस', सुन्दरानन्द बाँडाको 'अध्यात्मरामायण', जंगबहादुर राणाको 'बेलायत यात्रा' सहित सुवानन्ददासको 'पृथ्वीनारायण', उदयानन्द अज्र्यालको 'कुलवर्णन', यदुनाथ पोखर्‍यालको 'स्तुतिपद्य', वसन्त शर्माको 'कृष्णचरित्र' का निर्धारित अंश साथै इन्दिरसको गोपिका स्तुति', ज्ञानदिलदासको 'उदयलहरी' र भानुभक्त आचार्यको 'रामायण' को निर्धारित अंशलाई पाठ्यक्रम बनाइएको छ ।

इ) मानविकी सङ्काय द्वितीय वर्षमा

मानविकी सङ्काय द्वितीय वर्षमा कथा, उपन्यास, खण्डकाव्य, नाटक, काव्यलाई पाठ्यक्रममा समावेश गरिएको छ । कथाअन्तर्गत गुरुप्रसाद मैनालीको 'परालको आगो', 'कर्तव्य', विश्वेश्वरप्रसाद कोइरालाको 'श्वेतभैरवी', मधेसतिर, भवानी भिक्षुको 'टाइपिष्ट', ईश्वर खुदा गडका काम', गोविन्दबहादुर मल्ल गोठालेको 'भाँडो, प्रेम र मृत्यु', रमेश विकलको 'तर कोपिला फक्रेन', 'शव शालिक र सहस्र बुद्ध', इन्द्रबहादुर राईको,' कठपुतलीको मन', 'ब्लाक आउट काजु बदाम छोरा', पारिजातको 'सडक र प्रतिभा', 'तिउरीको फूल ः पायरियाको गन्ध,' मनु ब्राजाकीको 'एकान्त' र भुन्टीको भविष्य' छन् भने रुपनारायण सिंहको 'भ्रमर', लैनसिंह बाङ्ग्देलको 'लङ्गडाको साथी', विजय मल्लको 'अनुराधा', इन्द्रबहादुर राईको 'आज रमिता छ', मदनमणि दीक्षितको 'माधवी', ध्रुवचन्द्र गौतमको 'उपसंहार अर्थात् चौथो अन्त्य' उपन्यास समावेश छन् ।

त्यसैगरी खण्डकाव्य/महाकाव्यअन्तर्गत सोमनाथ शर्माको 'आदर्श राघव', लेखनाथ पौड्यालको 'तरुणतपसी', देवकोटाको 'शाकुन्तल', 'सृजामाता', समको 'चिसो चुहृलो', सिद्धिचरण श्रेष्ठको 'उर्वशी', माधव घिमिरेको 'राजेश्वरी', मोहन कोइरालाको 'गङ्गाप्रवास', जगदीश शमशेर राणाको 'नरसिंह अवतार' रहेका छन् ।

त्यसैगरी आख्यानकार विश्वेश्वरप्रसाद कोइराला र उनका कथा, नाटककार सम र उनका नाटक, काव्यकार देवकोटा र उनका काव्य, कथाकार भिक्षु र उनका कथा, नाटककार विजय मल्ल र उनका नाटक, उपन्यासकार पारिजात र उनका उपन्यासमध्ये कुनै एक विषयमा समेत विशिष्ट अध्ययन हुने गरेको छ ।

३) तहगत रूपमा पाठ्यक्रममा समावेश नारी हस्ताक्षर/विधा

प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्मका अनिवार्य र ऐच्छिक नेपालीको पाठ्यक्रममा विभिन्न नारी प्रतिभाका रचना र कृतिहरू समावेश भएका छन् । जसलाई तालिकामा प्रस्तुत गरिएको छ ।

माथिको तालिकाबाट प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा नारी हस्ताक्षरका साहित्यिक रचना ज्यादै न्यून समावेश भएको देखिन्छ । त्यस्तै, उच्च माध्यमिक तह (११-१२) मा पनि ज्यादै कम नारी हस्ताक्षरका रचना/कृतिलाई पाठ्यक्रममा समावेश गरेको पाइन्छ । स्नातक तहमा शिक्षाशास्त्र सङ्कायको तुलनामा मानविकी सङ्कायमा उल्लेख्य रूपमा नारी रचनाकारका रचना पाठ्यक्रममा समेटिएको छ । तर स्नातकोत्तर तहमा भने सन्तोषजनक उपस्थिति नभएको सहजै देख्न सकिन्छ । नारी हस्ताक्षरमा सबैभन्दा बढी स्थान पारिजातको धेरै विधामा देखिन्छ ।

४) तहगत रूपमा रचना पुनरावृत्ति

वर्तमान पाठ्यक्रममा माध्यमिक तहदेखि उच्च माध्यमिक तह र स्नातक एवम् स्नातकोत्तर तहसम्म पनि कैयन लेखकका एउटै रचना पुनरावृत्ति भएका छन् ।

माथि उल्लेख गरेबाहेक अन्य कैयन् लेखकका रचनाहरू पनि पुनरावृत्त भएका देखिन्छन् । त्यसो त ऐच्छिक नेपालीको अध्ययनमा त्यस्ता पाठ वा रचना पुनरावृत्त हुनु सामान्य नै हो यसलाई अन्यथा मान्नुहुन्न भन्ने धारणा पाठ्यक्रम निमार्णकर्ताको पाइन्छ । तर पाठ्यक्रम निर्माताले कुन तहको पाठ्यक्रम तयार पार्न लागेको हो अन्य तहका पाठ्यक्रम नहेरी निर्माण गर्दा पुनरावृत्ति भएको' धारणा त्रि.वि. नेपाली केन्द्रीय विभागका सह-प्राध्यापक एवम् लेखक सङ्घका केन्द्रीय सदस्य डा. लक्ष्मण गौतमको छ । उहाँ 'सन्तुलित पाठ्यक्रम बनाउनु पर्ने कुरामा जोड दिदै पुनरावृत्ति भएका ठाउँमा अरूलाई स्थान दिनुपर्ने कुरा बताउनु हुन्छ । 'नयाँ लेखकलाई मान्यता दिँदा पुनरावृत्ति घट्ने तर विशिष्ट अध्ययन गर्न सकिने मान्यता पाठ्यक्रम निर्माता एवम् नेपाली शिक्षा विषय समितिका अध्यक्ष प्रा. डा. पारसमणि भण्डारीको छ । त्यस्तै एउटै संस्थाले बनाएको पाठ्यक्रममा पुनरावृत्ति कम हुनुपर्ने धारणा प्रा.डा. हेमाङ्गराज अधिकारीको छ । तर एच्छिक नेपाली र विशिष्ट अध्ययनमा फरक हुने हुँदा पुनरावृत्ति भएमा त्यो प्रयोजनपरक भेद हुने डा. अधिकारी बताउनुहुन्छ ।

५. वर्तमान पाठ्यक्रम परिवर्तनको सन्दर्भ

युगानुकूल, परिवेश सुहाउँदो पाठ्यक्रमको सधैँ अपेक्षा गरिन्छ तर हाम्रो पाठ्यक्रम त्यस्तो नभएको धेरै विद्वान्हरूको धारणाले पुष्टि गर्दछ ।

'युग, परिवेश, परिस्थिति सुहाउँदो पाठ्यक्रम नभएको धारणा डा. गौतमको छ । उहाँ राजनीतिक हस्तक्षेपले विश्वविद्यालयको पाठ्यक्रम प्रभावित भएको भन्दै शिक्षक अल्छी बन्दै गएका र विद्यार्थीमा पठन संस्कृति घेटेकोमा चिन्ता प्रकट गर्नुहुन्छ ।' 'अबका प्राध्यापकले डायरी हेरेर पढाउने होइन र पाठ्यक्रम त्यस्तो खालको हुनुहुँदैन' गौतमको धारणा छ । त्यस्तै, पाठ्यक्रममा भागबण्डाको संस्कृति छ, त्यो हुन नहुने हो त्यसैका कारण पाठ्यक्रम गणस्तरीय नभएको र पाठ्यक्रम लज्जास्पद बन्न पुगेको बताउनुहुन्छ डा. गौतम ।

शिक्षाको दर्शनअनुसार प्रत्येक ५-५ वर्षमा पाठ्यक्रम परिर्वतन हुनु पर्ने हो तर त्यो हुन सकेको छैन र अर्को तर्फ नयाँ प्रविधियुक्त आधुनिक पाठ्यक्रमको कमी भएको डा. कुमार कोइरालाको तर्क छ । उहाँका अनुसार २०४६ सालपछि पाठ्यक्रमलाई समय सापेक्ष बनाउने काम भयो । मा.वि., उ.मा.वि. तहको पाठ्यक्रमलाई सुधार गरियो तर ०६२-६३ मा केही सुधारजस्तो देखियो तर सुधार भएन तर नेपाली शिक्षा विषय समिति अध्यक्ष एवम् पाठ्यक्रम निर्मातामध्येका एक विद्धान् प्रा.डा. पारसमणि भण्डारी भने नयाँ पाठ्यक्रम अद्यावधिक भएको एवम् त्यसमा भाषा विज्ञानको नयाँ सिद्धान्त समावेश भएको जिकिर गर्नुहुन्छ । त्यस्तै ०५३ पछि पाठ्यक्रममा धेरै परिर्वतन भएको सबै विधा समेटिएको, नयाँ विधाको पूर्णाङ्क निश्चित भएको उहाँको ठहर छ । त्यस्तै स्नातक तहमा चारवर्षे कार्यक्रम परीक्षणका रूपमा यही साउनबाट सुरू हुन लागेको र त्यसमा विज्ञान सूचना प्रविधि एवम् नयाँ प्रवृत्ति केन्दि्रत सोच आउने उहाँको धारणा छ ।

तर नेपाली पढाइ प्रभावकारी नभएको र विमातृभाषिको दूरी निराकरण गर्ने पाठ्यक्रम नभएको हुँदा त्यसले नेपाली भाषा मातृभाषा नहुनेलाई समेट्न नसकेको आरोप भाषाविद् प्रा.डा. माधव पोखरेलको छ । पढौँ पढौँ लाग्ने, सबैलाई चाहिने नेपाली पाठ्यक्रम जो साहित्यको आस्वादन पनि गराउने खालको होस् भन्ने डा. पोखरेलको सुझाव छ तर भाषालाई भासमा डुबाउने काम बढ्दै गएको छ । अहिले भाषाविद् बालकृष्ण पोखरेलको ठूलो त्याग पनि यहाँ ओझेलमा परेको छ । कान्तिपुर दैनिकको ०६८ चैत ४ कोसेलीमा 'हिज्जेको खेल लेख्नेजति फेल' आलेखमा शरच्चन्द्र वस्ती लेख्छन् ''तर कसले सुनोस्, ज्ञान, प्रज्ञा र विवेकबाट प्रेरित पोखरेलको वाणी ? जस्तालाई उनी हिज्जेको क्षेत्रमा ढिम्किन पनि दिनुहुँदैन भन्छन् । 'तिनै बसेका छन् विश्वविद्यालय, प्लस टु र हाइस्कुलको पाठ्यक्रमीय सत्ता कब्जा गरेर ।' त्यसलाई प्रष्ट्याउदै वर्णविन्यासमै विद्यावारिधिरत बलदेव गाउँले थप्नुहुन्छ ''त्यसको ज्वलन्त उदाहरण नै कक्षा ११ को अनिवार्य नेपाली हो । जसमा समोवेशीका नाममा स्तरहीन रचना मात्र होइन, वर्णविन्यास पनि बिगार्ने काम भएको छ ।''

वर्तमान पाठ्यपुस्तक गुणस्तरीय र सान्दर्भिक नभएको दोष प्रा.डा. हेमाङ्गराज अधिकारीको छ । प्राज्ञिक मान्छे तर्काउने र खास झुण्डलाई प्रोत्साहित गर्ने काम वर्तमान सन्दर्भमा बढ्दै भएको भन्दै उहाँले पाठ्यक्रम कब्जा गरी पाठ्यपुस्तक तयार पारी नाम र दाम कमाउने सञ्जाल सञ्चालन भएको आरोप पनि लगाउनु भयो त्रि.वि. अनिवार्य नेपाली विषय समिति पाठ्यक्रम विकास केन्द्रका ०३२ सालदेखि सदस्य, ०५८ पछिको विशेष समिति अध्यक्ष एवम् हाल पाठ्यक्रम विकास केन्द्र, सानोठिमीका नेपाली विषय समितिका अध्यक्ष रहेका प्रा.डा. हेमाङ्गराज अधिकारीले पाठ्यक्रम निर्माता पनि राजनीति भागवण्डाबाट प्रभावित भएको बताउनु भयो ।

यसैगरी पद्मकन्या क्याम्पस, बागबजारमा स्तातकोत्तर तहमा अध्ययनरत् छात्रा सरिता लुइँटेल वर्तमान पाठ्यक्रम एउटै विषयमा दक्ष बनाउने खालको नभएको र यसमा सिर्जनात्मक कमी भएको भन्दै त्यसलाई तल्लो तहबाट नै पाठ्यक्रममा समेट्नु पर्ने धारणा राख्नु हुन्छ । जब कि स्नातकोत्तर तहमा अध्ययनरत् व्यक्तिको सिर्जनशीलताको कमी स्वीकार्दै डा. कोइराला थप्नुहुन्छ 'पठनपाठन र वर्णविन्यासको एकरूपता अभावका कारण नयाँ-पुराना पुस्तावीच अझै अन्योल बढेको छ र त्यसलाई पाठ्यक्रमले निराकरण गर्न नसकेको कारण यस्तो स्थिति आएको हो ।

६) पाठ्यक्रममा समावेशीकरणको सबाल

पछिल्ला केही समययता पाठ्यक्रमलाई समावेशी बनाउने चर्चा पनि उठ्यो तर त्यो चर्चामा नै सीमित बन्यो । खासगरी पाठ्यक्रमलाई समावेशीकरणतर्फ ढाल्ने काम २०४६ सालपछि मात्र थालनी भएको हो तर पनि २०६२।०६३ पछि केही सुधार गर्ने जमर्को गरियो तर त्यो सुधारका नाममा सुधार मात्र रह्यो ।

अझै पनि पाठ्यक्रममा पर्याप्त मात्रामा भौगोलिक, क्षेत्रगत, लैङ्गिक आदि रूपमा समावेशीकरण हुन सकेको छैन । महिला लेखिकालाई पाठ्यक्रममा समेट्न नसकिएको तथ्य तालिकाबाट नै प्रष्ट हुन्छ । नजिकको लेखकका रचनालाई समावेश गर्दा पाठ्यक्रमको गुणस्तरीयतामा ह्रास आएको डा.कोइरालाको धारणा छ । उहाँ मानक साहित्य रचनामा स्थापित, स्पष्ट प्रवृत्ति भएका स्रष्टाका रचना पाठ्यक्रममा समावेश हुनुपर्नेमा जोड दिँदै महिला स्रष्टा बढेको तर उनीहरूलाई सो अनुपातमा स्थान नमिलेको स्वीकार्नु हुन्छ । उहाँ समावेशी भन्दैमा कम स्तरीय, स्पष्ट प्रवृत्ति/चिन्तन नभएकालाई समेट्न नहुने बताउनुहुन्छ । डा. कोइरालाको भनाइ प्रति सहमति जनाउन्दै डा. गौतम अगाडि थप्नुहुन्छ 'पछिल्ला समयमा उचाइ नभएका व्यक्तिहरूका वा नजिकका व्यक्तिका रचना पनि पाठ्यक्रममा समावेश भए यो नै लाजमर्दो कुरा हो ।' तर महिला स्रष्टालाई कमै स्थान दिइएकोमा अब बन्ने पाठ्यक्रममा अरू राम्रा, स्थापित स्रष्टालाई समेट्नु पर्ने सुझाव भाषाविद् प्रा. डा. पोखरेलको छ । पाठ्यक्रम तयारीमा गूट, उपगूट कोटानिहित भएको र राजनैतिक भागबन्डाका कारण समावेश हुनुपर्ने स्रष्टा छुट्न पुगेको आरोप उहाँको छ ।

७) पाठ्यक्रममा अनुवाद साहित्यको प्रसङ्ग

नेपाली विषयको पाठ्यक्रममा विदेशी साहित्यकारका कुनै पनि रचना वा कृति समावेश गरिएको छैन भने पनि हुन्छ । विदेशी स्रष्टाका जीवनीबाहेक उनीहरूका रचना विद्यालय तहमा अहिलेसम्म एउटा वटामात्र समावेश गरिएको पाइएको छ ।

विदेशी स्रष्टाका उत्कृष्ट कृति

नेपालीमा अनुवाद गरेजस्तै नेपाली कृतिहरू पनि अङ्ग्रेजीमा अनुवाद गर्नु आजको महत्त्वपूर्ण पाटो हो । राम्रा, स्तरीय नेपाली कृतिलाई अनुवाद गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनु अत्यावश्यक छ । त्यसो त विश्व बजारमा नेपाली साहित्य साँघुरो छ । त्यसैले प्रज्ञाप्रतिष्ठान, साझा प्रकाशनले जिम्मेवार रूपमा लाग्नुपर्ने देखिन्छ । नेपाली साहित्यका देवकोटा, विश्वेश्वरप्रसाद, पारिजात, सम, डायमन शमशेर, भूपी शेरचन, शङ्कर लामिछाने आदिका कृतिलाई अनुवाद गरी विश्व बजारमा नेपाली साहित्यको प्रचारप्रसार गर्नेतिर जोड दिनुपर्ने सरकारी नीतिको पनि टड्कारो आवश्यकता भएको धारणा डा. कोइरालाको छ ।

८) कहाँ कहाँ पढाइ हुन्छ नेपाली साहित्य

एशिया महादेशको भारत, बर्मा, भुटान, जापानलगायत अमेरिका, बेलायत, रुस, जर्मनीमा पनि नेपाली साहित्यको अध्ययन हुने गरेको छ ।

पारिजातको उपन्यास 'शिरीषको फूल' को अङ्ग्रेजी अनुवाद 'द ब्लु मिमोसा' नाममा 'मेरील्याण्ड विश्वविद्यालय, अमेरिकामा पढाइ हुन्छ । त्यसैगरी, बालकृष्ण समको नाटक प्रहृलाद' जर्मनीको विश्वविद्यालयमा पढाइ हुन्छ । त्यस्तै, लण्डन विश्वविद्यालयमा महाकवि लक्ष्मीप्रसाद देवकोटाका मुनामदन र शाकुन्तल एवम् माधव घिमिरेको राजेश्वरी पढाइन्छ । यस्तै भूपी शेरचनका कवितालाई पनि त्यहाँको विश्वविद्यालयमा एशियन ल्याङ्ग्वेज सेन्टरअन्तर्गत पढाइन्छ ।

यस्तै वर्मामा पनि नेपाली साहित्य अध्ययन गर्ने व्यवस्था त्यहाँको अखिल गोर्खा म्यान्मा देशीय हिन्दु धर्म सङ्घले गरेको छ । जहाँ बी.ए. मा पढाउने अधिकांश कृतिलाई समेटिएको छ । र वर्मेलीमा अनुवाद गर्ने काम पनि भएको छ । यसैगरी मस्कोबाट सर्वप्रथम रूसी महिला ल्यूद निनाले देवकोटाबारे पी.एच.डी. गरेकी छिन् । जुन कार्य कृष्णप्रकाश श्रेष्ठको निर्देशनमा भएको थियो । विदेशी विद्वानहरूले नेपाली कला, संस्कृति र साहित्यबारे पी.एच.डी. गर्ने क्रम पनि बढेको छ । हालसम्म ७ जना विदेशीले नेपाली कला, साहित्य, संस्कृतिमा पी.एच.डी. गरिसकेका छन् ।

भारतका गुहावटी विश्वविद्यालय, उत्तरवङ्ग विश्वविद्यालय, बनारस हिन्दू विश्वविद्यालयमा नेपाली भाषासाहित्यमा पी.एच.डी. प्रावधान छ भने सिक्किम विश्वविद्यालयमा स्नातकोत्तर तहसम्म नेपाली भाषासाहित्यको पढाइ हुने गरेको छ ।

मधुपर्क जेठ, २०६९

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 263
  • 13042 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    47 min 14 sec ago
  • भुगोल ले नछेकेको माया
    4 days 21 hours ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    4 days 22 hours ago
  • सधा झै उत्कृष्ट रचना
    5 days 16 hours ago
  • Correction
    1 week 4 days ago
  • स्तब्ध बनाउने हरफ हरु
    1 week 5 days ago
  • धन्यवाद सर, केही समयमा पुन
    1 week 5 days ago
  • कुमार सर, नमस्कार छ । नयाँ वर्षमा नयाँ कम्प्लेन
    2 weeks 1 day ago
  • DHANYABAD SABAILAI
    2 weeks 2 days ago
  • thanks very much kumar sir
    2 weeks 2 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • दुब्ले बाइ (कथा)
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • सयौं खोला तरी आएँ मायालुलाई भेट्न
  • 'अस्तित्व'को लडाँई जीवनै भरी लड्दै
  • खहरेको भेल-रहेछ
  • च्यातिएका डायरीमा
  • (रुवाई) यहाँ नेता
  • यो आँखाको झरी पनि
  • एघार मुक्तक (झटपट गरी विवाह)
  • माया कति सुन्दर हुन्छ गरेपछि थाहा होला
  • सम र उनको 'आगो र पानी'
  • जन्मदिनको शुभकामना तिमीलाई
  • आन्दोलन-३ (लघुकथा)
  • साथि
  • अनलाइन वार्ताको सँगालो
  • मायाँ भन्ने चिज
  • उभिएर संसारकै शीरमुनि
  • उषाकेा किरणले .........
  • विश्वकपको जात्रा
  • तिम्रो प्रेरणाले
  • म कसरी भुल्न सक्छु र आमा?
  • आमाको जतन
  • घरझगडा गरेर माइत आएकी छोरीसँग
  • भन्दिनँ म थाकिसकेँ
  • गजल (रोएको छ )
  • न झुकौं
  • यति धेरै माया दिई मनभरि दुख नदेऊ
  • बाई बाई विनिता
  • खुत्रुकेको पैसा (बालकविता)
  • सफलता
  • मेरो नियति, मेरो रहर
  • दाइजो
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित