Skip to content


हेर आतुर आँखा यी चतुर भइ डुल्दैछन्
परिभाषा प्रेमको खोजि नैरास्यमा भुल्दैछन्
शितल र सुबास भोग गर्न नयन लौ हेर
उफ्री उफ्री झटारो लोकमा हान्दैछन् लौ धेर !!

लाखौ कोश पर जलेथ्यो दीप निभेर गएछ
अस्तित्व खोज्दा नयन को देश अधेरी भएछ
अधुरो प्रेमको अमुल्य मोल उधारो रहेछ
प्रितीको फूलमा भमरा बस्दा परेली रोएछ !!

थाकेर नयन एक दिन हेर भरिइ लुकेछन्
मृत्युको चयन जीवनको खेर लोकमै डुबेछन्
चोखो प्रीतको जुठो चुस्की साइनाइड बनेछन्
सुकेको पात झरेझै नयन निर्जीव भएछन्
बाँसको चिता जलेझै नयन खरानी भएछन् !!!

<सन्दिप "विक्लान्त">

Leave a Reply

Your email address will not be published. Required fields are marked *