पाथ सब तिमी भरी आफूकन
योजक आफै लोकको बनिकन
कब सुन्दर फूलमा फुलायौ
कब कब बाढी बनेर बगायौ
रुद्ररुप धरी पहिरो आफै खासायौ
बाढी बनि सेती भित्र हास्दै सुसायौ
त्यहि भित्र अनन्तमा रुद्रभूमी रचेर
विस्फोटक भइ फुटयौ सम्बर घोचेर
विभातमा तेज तिम्रा पहिरो भइ बौलाऊदा
धावा बोलि धार तिमीले बस्ति तिर उर्लाउदा
कलिकाल डराएर तिमीलाई नै ढोग्न पुगे
आग्लोलाई जिन्दगीमा मृत्युलाई भोग्न पुगे
जब जन तिमीलाई नङ्गाएर नाङ्गो पार्छन
खोट तिम्रो खोजि बेकम्मा र रद्दी पार्छन
त्यहि पल सेना फौज युद्ध भित्र बढाउनु
कोशी सेती काली बनि लाखौंलाई लढाउनु
म छु तिम्रो सदा साथ पृथुक नै भएपनि
तिमी कोमल सुन्दर लाग्छौ सल्किएरै आएपनि
सलामका बाटा भरी हात तिम्रै समाउँला
दर्पण तिमी मेरो मनको तिमीसंगै रमाउँला !!!
<सन्दिप "विक्लान्त">