Skip to content


बग्ने आँशुको भाका कसैले बुझ्ने भए म रुन्थे
मेरा आँशुले त्यो चिर निन्द्राबाट कोही उठ्ने भए म रुन्थे

गर्लयामै ढलेका लाशहरूमा आँशुले सास भरिने भए म रुन्थे
मेरा आँशुले च्यातिएका भोटाहरू सिइने भए म रुन्थे …२

त्रासदी अनि कोलाहाल शान्त हुने भए म रुन्थे
मेरो क्रन्दनले यो चिच्याहट शान्त हुने भए म रुन्थे

निश्चल आकाशमा मडारिएका बादलहरू हटने भए म रुन्थे
मेरा आँशुले अध्याँरो भविष्य पखालिने भए म रुन्थे

मेरा आँशु कसैलागि मलम हुने भए म रुन्थे
शिशासरी फुटेका कर्म आँशुले जोडने भए म रुन्थे …२

Leave a Reply

Your email address will not be published. Required fields are marked *