Skip to content

तिम्रो बिदाई


तिम्रो बिदाई
ओइलाएको फूल
मेरो यो मन ।

आकाश आज
अन्धकार गगन
रोयो नि मन ।

बालुवा घर
सागरको लहर
यी सपनाहरु ।

मेरो मर्म
जमीनमा छ चिरा
खडेरी पर्यो ।

जाउ त कता
माटोमूनि छ जरा
मेरो संस्कार ।

8 thoughts on “तिम्रो बिदाई”

  1. आकाशमा बादल लागोस वा धर्ती नै
    आकाशमा बादल लागोस वा धर्ती नै भासियोस
    विचार अटल छ अनी हुनु पर्छ।
    विदाइ कहाँ अनी कस्को भएको छ र खुशीको!
    त्यस्लाई त स्विकर गर्नै पर्छ
    सन्सारै शुन्य हुन्छ तर जीउनै पर्ने हुने रहेछ
    अनी संस्कार त्यो त धन हो त्यस्लाई चिर्न कहाँ सकिन्छ र ,
    आफ्ना अनी अफुबाट सिर्जेका सिर्जना लाई हेर्दै अनी टोलाउन्दै,
    त्यसैमा आफ्नो खुशी खोज्दै ,
    रमाउनु पर्ने वाध्यता
    रोएर हास्नु पर्ने वाध्यता
    अध्यारोमा उज्यालो खोज्दै
    त्यही झिनो उज्यालोमा सपना बुन्दै
    दीन काट्नु छ एउटा
    त्यो मिठो क्षण को अभिलाषामा, उर्लेको मनको भेल्लाई
    खहरे हुनबाट जोगाउनु छ।

    1. अतिथी जी, प्रतिकृया स्वरुप
      अतिथी जी, प्रतिकृया स्वरुप आफ्नो अभिव्यक्ती दिनु भएकोमा धन्यवाद !
      जीवनलाई हेर्ने तपाइको यो शैली सकारात्मक छ । तपाईंको भनाइमा म सहमत छु ।
      यहाँको शुभनाम जान्न पाए झन राम्रो हुने थियो ।
      -प्रीति

  2. कुमार जी ,यो हाईकु को लेखक को
    कुमार जी ,यो हाईकु को लेखक को हुनुहुन्छ होला ?जानकारी गराइ दिनुहुन्छ कि ? ? प्रिती भन्नाले ? ? ?प्रतिकृया को आसामा छु

  3. प्रिती जी,नमस्कार!तपाईं जापान
    प्रिती जी,नमस्कार!तपाईं जापान भित्र हुनुहुन्छ कि अन्य मुलुक मा हुनुहुन्छ ?यत्ती मात्र जानकारी गराउन अनुरोध छ ।नाम खुलाउन जरुरी छैन ।
    हस्त नमस्कार ।

    1. प्रकाशजी, नमस्कार!
      म हाम्रै

      प्रकाशजी, नमस्कार!
      म हाम्रै मुकुकभीत्र छु – केन्द्रमै । जापान त म कहिल्यै गएकै छैन। तपाईंको लेख पदेर यो लेख्ने जमर्को गरेकी हु – पहिलो प्रयास यो, हाइकु मा ।
      तपाईंजस्तो विज्ञहरुको comment अनि feedback मुल्यवान हुन्छ । I would like to talk with you more….on this.
      धन्यवाद ।

  4. जानकारी को लागि धन्यवाद ।खास
    जानकारी को लागि धन्यवाद ।खास गरी जापान भित्र हुनुहुन्छ कि बाहिर भनेर जान्न खोज्नु को कारण के भने नि!!!!! जापान भित्र बसेर हाईकु लेख्ने साथीहरु सँग म समान्वए गरेर केही नयाँ काम गरौं कि भन्ने सोचाई ले हो ।तपाईं को पहिलो प्रयास धेरै राम्रो छ ।अझै लेख्दै जानुहोस् ।प्रगती को कामना छ ।
    नमस्कार!!!!!!

  5. प्रीतिजी, राम्रो प्रयास
    प्रीतिजी, राम्रो प्रयास गर्नुभयो। जति लेख्दैगयो त्यति गहन रचना फुराउन सकिन्छ भन्ने मेरो मान्यता छ। निरन्तरता दिनुहोला।

  6. जहाँ बसेपनी कृति अथवा रचना
    जहाँ बसेपनी कृति अथवा रचना आँफैमा महत्वोपूर्ण हुन्छ। प्रिती जी लेख्दै जानुस्। तपाईंका रचनाको सधैं खाचो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *