Skip to content

तीन मुक्तक (आँखा सन्काई, मन चोरी, माग्न तिम्रो)


(१)
आँखा सन्काई उनको नजिक गा’छैन ।
नजरले हेरेँ बल्ल माया ला’छैन ।
दोबाटो देख्दा उनलाई मन त्यतै गा’को थियो,
आजकाल कहीँ कतै फेरि भेट भा’छैन ।

(२)
मन चोरी मेरो आफैं नजिक आऊ तिमी ।
मेरै मनको मन–मन्दिरमा अब छाऊ तिमी ।
आँखाबाट मेरो कहिल्यै ओझेल नहुनु,
वरिपरी घुमी प्री कै गित गाऊ तिमी ।

(३)
मात्र मैले माग्न तिम्रो हात बाँकी छ ।
गर्दा गदै नसकिने मिठा बात बाँकी छ ।
हेरी आकाशका जून-तारा सँगै गनौंला,
आऊ तिमी सपनीमा पुरै रात बाँकी छ ।

दर्पण………

2 thoughts on “तीन मुक्तक (आँखा सन्काई, मन चोरी, माग्न तिम्रो)”

  1. राष्ट्रिय भावले ओतप्रोत भएका रचनाहरुको सिर्जना गर्न अनुरोध गर्दछ
    भरत दाइ, नमस्कार
    मलाई तपाईको गजल, मुक्तक र गीतहरु अत्यान्त मन पर्छ । तपाईको लेख रचनाहरुबाट म एकदम प्रभावित भएको छु । तपाईको लेख रचना पढ्नका लागि मात्र भए पनि म दिनमा कम्तिमा ३÷४ पटक मेझेरी डट कम खोल्न थालेको छु साथै म पनि तपाईको सिको गर्दै सामान्य लेखहरु लेख्न थालेको छु । तपाईका लेखहरु बढी मात्रामा आत्मीयतासंग जोडिएका छन । अबका दिनहरुमा देशको समसामयिक विषयवस्तुलाई समेटि राष्ट्रिय भावले ओतप्रोत भएका रचनाहरुको सिर्जना गर्न अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *