डाँडा कटाई देऊ मलाई खोली तारी देऊ
फुल्नु छैन डालीमाथि भुईँमा झारी देऊ
तिम्रो छाती जलाएर मलाई बाँच्नु छैन
तिम्रो आत्मा रुवाएर मलाई हाँस्नु छैन
सक्छौ मारी देऊ नत्र घाइते पारी देऊ
फुल्नु छैन डालीमाथि भुईँमा झारी देऊ
सुवास छर्न फुलाउँ लाग्थ्यो तिम्रै मझेरीमा
जून झैं किरण छरौं लाग्थ्यो हरेक अँधेरीमा
बाँझै बारी देऊ हुन्छ टाढै सारी देऊ
फुल्नु छैन डालीमाथि भुईँमा झारी देऊ
डाँडा कटाई देऊ मलाई खोलि तारी देऊ
फुल्नु छैन डालीमाथि भुईँमा झारी देऊ
राजेश रुम्बा लामा ‘अतृप्त’