• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

छोरोसित

kbs — Wed, 11/19/2008 - 19:07

  • गद्य कविता
  • हृदयचन्द्रिसंह प्रधान

ए छाप्रो बन्दै गइरहेको कंगाली
घरमा जन्मेको छोरो
मलाई लाज भइरहेको छ कि किन
म बाबु बनिरहेको छु
बोक्नेसम्म समर्थ हुनासाथै तँलाई
मैले सानैदेखि भरिया गराउनु छ
मेरो राजा सन्चो नभएर काममा
जान नखोजेको दिन
‘स्वाँगी ! कामचोर ! तँलाई आज
म भात खुवाउन सक्तिनँ’
मैले भन्नुपर्नेछ
‘साथीहरुसित सफर जानुप-यो बा
एक मोहर !’ भनेको बेला
स्वाभाविक ममता दबाएर
‘चुलो नबल्ने याद गर पाजी !’
म हपार्नेछु ।
सुत्ने बिछ्यौना तँलाई
दिन सक्ने छैन
नाङ्गो आङ बिज्याएर पनि तैँले
सुकुलमा सुत्ने अभ्यास गर्नुपर्छ
थाल नभएको हुनाले सौभाग्यवश
मासु भात पाएको दिन
पातको प्वालबाट आधा मासुको
रस चुहाएर तैँले मनको आँसु
खसाल्नुपर्नेछ ।

हो गृहस्थी बन्ने मेरो हकै थिएन
भूलले बिहे गरेर तँलाई दुःख भोग्ने
पुतला सिर्जिरहेको छु
त्यसैले आफूलाई ‘तेरो जन्मदाता’
भन्ने दाबा गर्न समर्थ ठान्दिनँ
के गरुँ बाबु मलाई पनि रहर लाग्यो
पारिवारिक सुखमा गरिबी बिर्सने
मृगतृष्णा देखेँ
मेरो दीन स्थितिलाई पनि यौवनले
उत्ताउलो बनाइदियो
अनि-
भविष्यसम्म नियाल्न नसक्ने मेरो
युवक उमङ्ग
नाची-नाचीकन विवाह-बन्धनमा
जकडियो
फलस्वरुप बाबु तैँले पनि दुःखको
भागी हुनुप-यो !
दीन स्थितिले गर्दा आज तँजस्तो
सुन्दर छोरो पाएर पनि मैले
हाँस्न सकिनँ ।

तँलाई पाएर न्वारान पास्नीहरुको
यादमा पुरोहित बाजे हाँसिरहेका छन्
भोजको नाउँमा टाउकोमा मकै
भुट्ने कुटुम्बहरु पास्नीको दिन
गनिरहेका छन्
म रोगी मरन्च्यासे भएर होइन
आफ्नो धन डुब्ला भन्ने डरले
चिन्तित भइरहेका मेरा साहूहरु पनि
बाबु तँलाई पाएर निश्चिन्त
भइरहेका छन्
मेरो पसिनाले उनीहरुको
ब्याजसम्म पनि टार्न नसकेकोले
तँमा रगत पाकेर सुडौल भएपछि
तेरा घाँटी पनि उनीहरुले दबाउनेछन्

मेरो छोरा तँ जन्मेको संसार
अझ देश
केही सुन्दर र सजिलो
भइसकेको छैन
मनुष्यत्वको मूल्य थाहा पाउने
महान् आत्माहरुको बलिदानले
फुलिरहेको सभ्यता
एकाध स्वार्थीहरुको
दाउपेचले उड्दैछ
बढ्दै गइरहेको संसारको
असजिलोपनाले भइरहेको
सुख-शान्तिको मृत्य देखेर
मेरो अशक्त र रोगी जीवनमा पनि
युद्ध गर्ने संकल्प जन्मिरहेको छ
आतंकले त्रस्त भएर सुतिरहेको
साहस ब्युँतिरहेको छ
तर मलाई थाहा छ मेरो बल
विजयी हुनसम्मको समर्थ छैन
त्यसैले छोरा तैँले पढेर
विद्वान बन्ने
जानेर ठूलो बन्ने
अनि प्रतिभाशालीको हकदार बन्ने
मौका पाउनेछैनस्
शरीरमा रगत र मासु
राख्न पाउनेछैनस्
अनि मबाट कुनै सुखको सास
फेर्न पाउनेछैनस्
छोटकरीमा भनूँ तैँले मबाट
कुनै जिन्दगी पाउनेछैनस् !
तर तेरो बर्बाद भएको जिन्दगीले
संसारलाई जिन्दगी दिन सक्नुपर्छ
तेरो बल नभएको आत्माले
जड जगाउनुपर्छ ।

मेरो प्यारो मेरो मृत्युको निम्ति
तँ सारै जरुरी छस् रे
तर अग्नि संस्कारको निम्ति
तँलाई मैले चाहेको छैन
मेरो लासलाई गिद्ध-स्यालले
लुछ्लान् भनेर
तँ दागबत्तीले तयार भएर
मलाई पर्खिनरहेस्
तँमा आगो छ भने आगलागी भएर
संसारको अप्ठ्यारो भस्मीभूत गर
तँमा पानी छ भने मलाई
तर्पण दिएर नसिध्याएस्
बाढी बनेर जगतमा
उथलपुथल ल्याएस्
मेरो प्यारो छोरा वंश चलाउन र
परम्पराको प्रचार गर्नलाई
तँलाई मैले चाहेको छैन
त्यसैले श्राद्ध-काण्डमा अलमलिएर
पुन नामको नरकमा
मलाई खोज्ने
वृथा कष्ट नगरेस् ।

बरु-
दारिद्र्य-यन्त्र ध्वस्त पार्ने
योद्धा भएर तँ
कर्मठहरुको नयाँ संस्करण बन्
शहीदहरुको पुनर्जन्म बन्
मानिसहरुको मुखमा
मुस्कान भर्ने तँ
सुन्दर शीघ्र भविष्य बन् ।
हाँसेर बढेको भन्दा प्यारो तँ
रिसाएर मरेको म मीठो मान्नेछु
यसैले शीतल पङ्खा भएर
दुई-चार जनालाई
ठण्डा दिएको भन्दा
तह मिलाउनको निम्ति
आँधी भएर ढलेको
मन पराउनेछु
मेरो प्यारो
कहिल्यै उज्यालो तुल्याउन नसकेको
हाम्रो छाप्रोमा
बत्ती बालेर झिलिमिली पार्ने
अल्झोमा तँ कहिल्यै न अल्झेस्
तँ आफै संसारको
बत्ती बनेर बाँच्न नसके
तेरो बाटोमा लाग्ने सपूत
एक दिन उज्यालो लिएर
तेरो छाप्रोलाई
पूजा गर्न आउनेछ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 168
  • 2265 reads
Tweet facebook

pardhan ji.......maan choyo

अतिथि — Sat, 12/27/2008 - 13:15

pardhan ji.......maan choyo tapai ko kavita le.................

  • reply

great one...

mukta — Tue, 03/24/2009 - 18:37

great one...

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • appreciate
    2 days 4 hours ago
  • आभार
    2 days 23 hours ago
  • बहुत खुब कहिल्छि ।
    5 days 22 hours ago
  • आभार प्रकट गरे
    1 week 21 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    1 week 1 day ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 week 1 day ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 week 1 day ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 week 1 day ago
  • एकदम सान्दर्भिक
    1 week 2 days ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 week 2 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • छोरीको जन्मदिनको शुभकामना
  • विद्यार्थी हुँ म
  • मिथिलाक किसान
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • शुभ दिन बिहानीको
  • हाम्रो बारेमा
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • गजल ( बिर्सिएको छैन आमा )
  • कोरोना भाइरस
  • देशभक्त हुँ म
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • म पानी हुँ
  • महलकी रानी
  • प्रेम पाप होइन
  • सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
  • शुरुशुरुमा
  • भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
  • पुराना कुरा
  • भुइँमान्छेका छायाँहरू
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • अहिलेको दशै
  • मैले कविता लेख्नै बिर्सेँ

Last viewed:

  • गुडबाइ गोविन्द दाइ
  • नेपाल मण्डलमा हनुमान
  • परोपकार
  • राजीनामा तु चाहियो
  • प्रवृत्ति (लघु-कथा)
  • फेरि एउटा युद्ध र प्रेम
  • घर
  • भर्जिनिया म्याग्दी र १९३ भानुजयन्ती
  • हुरी र सिसाको झ्याल
  • त्यो क्षितिजले प्रेम बोल्छ
  • फेसबुक
  • पैले मलाई नम्र बन्दै नाम सोध्यो
  • बादल फटाउँदै जाऔं
  • सिंगै परिवार गिड्यो कस्ले
  • महाकविका निबन्धहरूको सँगालो
  • म पहाड बन्छु
  • मझेरी भलाकुसारी, अंक ०८ (रामविक्रम थापा)
  • बग्दै बग्दै जाने छोरासँग
  • हासिदिनु
  • ३४(क) मढारिएको उच्छृंखलता ।
  • निस्सारता
  • दुई मुक्तक
  • ब्रह्माण्डको ताण्डवमा अनौठो म
  • नेपाल - २
  • लयात्मक गीतिसङ्ग्रह
  • आज फेरी मन
  • म तिमीलाई सम्झन्छु आमा
  • कुशे औसी( गोकर्ण औसी) र बाऊको मुख हेर्ने
  • सांस्कृतिक रूपान्तरणको आवश्यकता र कार्यदिशा
  • आफ्नै नजरमा आफु गीरेर हिडछु
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित