Skip to content

भो,म सपना देख्दिन- मलाई चिथोर्छ त्यसले


भो,म सपना देख्दिन- मलाई चिथोर्छ त्यसले
केस्रा केस्रा जिन्दगीको रस निचोर्छ त्यसले !

कुरूप लाग्छ रात त्यो सपनाले बेरे पछि-
सम्झनाको माछीकाँडे पहाड फोर्छ त्यसले !

सपनामा खोले अब खान्न भगवान ,
बूँद बूँद पसिनाको मोल चोर्छ त्यसले !

सपना फुल्छ मखमली यादहरु बर्साएर
अनि तीखो तिर्सनाको काँडा कोर्छ त्यसले !

बाँड्नु छ प्रिय,तिमीसित त्यो अधुरो सपना
नत्र मनै जलाउने आगो जोर्छ त्यसले !

Leave a Reply

Your email address will not be published. Required fields are marked *