Skip to content

तीन मुक्तक(फाटेको माया,तिमी संग,एक्लै स्वर्ग )

(१)
फाटेको माया टालेर बसेँ ।
मायाको जग हालेर बसेँ ।
तिमीले खुसी लुटी लगेनी,
मनमा माया पालेर बसेँ ।

(२)
तिमी संग माया लाईहाले ।
नखानु कसम नि खाईहाले ।
सुटुक्कै तिमीलाई थाहै नदिई
तिम्रो मनमा नि छाईहाले ।

(३)
एक्लै स्वर्ग तरे के भो ।
भर पराईकै परे के भो ।
एकदिन छोडी जान्छु भन्थेऊ,
अब अन्तै सरे के भो ।……दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *