Skip to content

अब होसियार ! नेता हो


भोट माग्दै फेरी मेरा घर धाउलाऊ नेता हो ।
लाठ्ठी समाई बसेछिन आमैं आउलाऊ नेता हो ।

लाज शरम छैन केही अर्बौ–अर्ब पचायौ है,
रित्याई देशको ढुकुटी कहाँ, जाउलाऊ नेता हो ।

नयाँ संविधान दिन्छु भनि जेष्ठ चौधमा तिमीहरुले,
संविधान भवन पसेथ्यौ पस्न फेरी, चाउलाऊ नेता हो ।

दोष लागाई एकअर्कालाई विशम परिस्थिति निम्त्यायौ,
अब होसियार ! जुत्ताको माला, लाउलाऊ नेता हो ।

निकास दिई देशलाई न त हामीलाई शान्ति दियौ,
देशको शासन सत्ता चलाउन, पाउलाऊ नेता हो । …. दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *