Skip to content

मन मुटु चोरेर हेर, त्यहाँ तिम्रो नाम छ


मायाको डोरी गासौँ बसेर, पिरतीको याम छ ।
आऊ न मायालु यता आऊ, तिमीसित काम छ ।

जाउँला हामी सँगै बसौँ न एकै छिन छहारीमा,
बैशाख जेष्ठको मध्यदिन, हेर कस्तो घाम छ ।

मुस्कुराउँदै हिड्छौ नि हेर्दै मेरो अनुहारमा,
अ-मुल्य त्यो तिम्रो मुस्कान, अरु सबैको दाम छ ।

मान्छेहरू आउँछन सधै हेर्न भनी तिमीलाई,
सुन्दरताकी खानी हौ, पाउन खोज्नेको लाम छ ।

दिनुपर्छ साथ तिमीले म बस्छु हरपल आशामा,
मन मुटु चोरेर हेर, त्यहाँ तिम्रो नाम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *