सुन्दर त्यो फूलमाथि भमराको, दबाब बढ्दै थियो
जति बढ्यो दबाब त्यहाँ फूल्को, अभाव बढ्दै थियो
ऊ फूलाउँछे बैँश अनि भँवरालाई निम्तो गर्छे
बैँशालु यौवन् लुट्ने भमराको, रवाफ बढ्दै थियो
जति जति ऊ पिउँदै जान्छ बैंशालु ति प्यालाहरू
सुस्त सुस्त शरीरभित्र नशालु, शराब बढ्दै थियो
हरेक पटक ऊ फुल्छे अनि भमरालाई बोलाउँछे
अनि आफै तर्सिने बानीभित्र, खराब बढ्दै थियो
फुल्छे अनि लुटाउँछे, आखिर् लुट्ने पनि उस्तै हुन्छन्
प्रकृतिको जादुसँगै प्रश्नको जवाफ बढ्दै थियो
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं