Skip to content

नौलो जीवन


शीतल पवन,
सर्सराउदो साथ
तिम्रो स्पर्श ।

एक्लो चन्द्रमा
चकमन्न छ रात
आशाको दियो ।

हिमालमाथि
त्यो परको क्षितिज
मिलनबिन्दु ।

सुरुङभित्र
फक्रीएको फूल
नौलो जीवन ।

2 thoughts on “नौलो जीवन”

  1. wow! साचिकै उत्कृष्ट छ। हुनत
    wow! साचिकै उत्कृष्ट छ। हुनत मलाई हाइकु को बारेमा ज्ञान छैन तर एस्को भaव मा बग्न सक्छु सर्सर्ती। एस्को भाव मा बग्दा आर्कै किसिम्को आनन्द को अनुभव गर्छु। लाग्छ यो हाइकुले मलाई नि केही भनिरहेछ। मेरै गीत गाइरहेछ। मानौ मेरै सेरोफेरोमा घुमिरहेछ। thank you प्रिती एस्को लागि। आशा छ यस्तै यस्तै भाव हरु फेरी फेरी पनि पस्किनु हुनेछ यहाँ। all the very best.
    अक्षय

    1. अक्षयजी,
      मेरो भावनामा तपाईं

      अक्षयजी,
      मेरो भावनामा तपाईं पनि बग्नुभएछ – खुशी लाग्यो! उत्साहवर्धक पृष्ठपोषणको लागि धेरै धेरै धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *